भोलि काठमाडौंका ५२ ठाउँमा पाँच घण्टा विद्युत् सेवा अवरुद्ध हुने
जानकारी केन्द्र
२०८०, भाद्र, १
काठमाडौं । भोलि (शनिबार) काठमाडौंका विभिन्न ५२ स्थानमा करिब ५ घन्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै विद्युत अवरुद्ध हुनेबारे जानकारी गराएको हो।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी कार्य भइरहेकोले काठमाडौंका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको सूचनामा भनिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ। निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने छ।

सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
