स्थानीय सरकारका केही साथीहरूलाई मात चढेको छ : पूर्वमुख्यमन्त्री पौडेल
काठमाडौं । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तह अधिकारसम्पन्न हुन बाँकी रहेको बताएका छन् ।
‘संविधानले तीन तहका सरकारको समन्वय र सहकार्यबाट चल्ने भनेको छ । तर स्थानीय सरकारका हाम्रा केही साथीहरुलाई मात चढेको छ । हामी एकदमै सक्षम, सबल र सम्पन्न छौं, आफ्नो कानुन आफैं बनाउने अधिकार छ, हामीले किन कसैलाई टेर्ने भन्ने परेको छ । तर स्थानीय सरकारले अझै धेरै अधिकार पाउन बाँकी छ । चालु खर्च चलाउन सक्ने आम्दानी पनि छैन, पुँजीगत खर्चको त कुरै छोडौं । हामी स्वायत्त छौं भन्ने हो भने कसैसँग हात फैलाउने पनि गर्नु भएन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘पालिका बहस’का लागि पत्रकार ऋषि धमलासँग उनले भने ।
हेटौंडा उपमहानगरपालिकाका पूर्व मेयर एवं नेपाल नगरपालिका संघको पूर्वअध्यक्ष समेत रहेका पौडेलले आफू मुख्यमन्त्री हुँदा स्थानीय तहलाई बलियो बनाउनुपर्छ भनेर काम गरेको पनि बताए । उनले भने, ‘स्थानीय सरकार अझै पनि बलियो भएको छैन । अरु हिसाबमा संवैधानिक कानुनी अधिकार प्राप्त गरेको छ । तर आर्थिक स्वायत्तताबिना अरु अधिकारको अर्थ छैन । संघीय र प्रदेशको अनुदानमा भर पर्नुपर्ने अवस्था छ । सबभन्दा पहिले त मैले ऐनद्वारा स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाएँ ।’
एक करोडभन्दा घटीको काम प्रदेशले गर्नुहुँदैन भनेर आफूले रोेकेको पनि उनले बताए । उनले भने, ‘म मुख्यमन्त्री हुँदा प्रदेश सरकारमा ढुलमुल थियो, खुट्टा टेकेको थिएन । ऐन, कानुन थिएन, संरचना थिएन, कर्मचारी थिएनन् । कुन तहको सरकारले के गर्ने भनेर संविधानमै परिभाषित छ । त्यसलाई हामी सुन्दै सुन्दैनौं । एक लाखको योजना पनि संघ र प्रदेशले हालेका छन् । त्यसको आवश्यकता, औचित्य र परिणामको मतलब छैन । मैले एक करोडभन्दा घटीको काम प्रदेशले गर्नुहुँदैन भनेर रोेकें । तर अहिले एक लाख र पचासको हजारको पोका बोकेर हिँडिरहेका छन् ।’ आफूले ठूला योजनाका लागि छुट्याएको ३ अर्ब राजेन्द्र पाण्डेले ४-५ हजार योजना बनाएर बाँडेको आरोप पनि उनले लगाए ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

