राज्यमन्त्री सरहको पदमा चित्त बुझाउने तयारीमा आरजु
काठमाडौं । सत्तापक्ष र प्रतिपक्षी दलबीचको लामो रस्साकस्सीपछि संसदीय समितिले नेतृत्व पाउने भएको छ । गत वर्षको मंसिरमा सम्पन्न आम निर्वाचनपछि गत बैशाख १५ गते प्रतिनिधि सभामा रहने १० वटा एकल र २ वटा सयुक्तगरि १२ वटा समिति गठन भएका थिए । समिति गठन भएपनि दलहरुबीच कुरा नमिल्दा समितिले नेतृत्व पाउन सकेको थिएन् ।
अब भने भदौ ११ गते समितिले नेतृत्व पाउने निश्चित भएको छ । सभामुख देवराज घिमिरेले यहि भदौ ११ गतेका लागि समितिको सभापतिको निर्वाचन गर्नेगरि कार्यतालिका प्रस्तुत गरेका छन् । सभामुखले समिति सभापतिको निर्वाचन गर्न कार्यतालिका सार्वजनिक गरेसँगै सांसदहरुले समितिको नेतृत्व हत्याउन आफ्नो लबिङ तीव्र पारेका छन् ।
जसमा नेपाली कांग्रेसले ४ समितिको नेतृत्व पाउँने भएको छ । कांग्रेसले पाउने कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा समानुपातिक सांसद आरजु देउवाको चर्चा रहेको छ । देउवा पार्टी सभापति शेरबहादुर देउवाम पत्नीसमेत हुन् । यसअघि परराष्ट्रमन्त्री बन्ने चाहना राखेपनि असफल भएकी आरजु यसपटक राज्यमन्त्री सरहको सुविधासहित समिति सभापति बन्न लागेकी हुन् ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

