नक्कली आमा बनाएर एक रोपनी १५ आना जग्गा कब्जा
काठमाडौं । आमा पनि नक्कली बनाइन्छ भन्ने सुन्दा अचम्म लाग्छ । तर मकवानपुरको थाहा नगरपालिकाका एक व्यक्तिले नक्कली आमा बनाएर अर्कैका नामको जग्गा आफ्नो नाममा हत्याएका छन् ।
शनिबारको गोरखापत्रमा समाचार छ, यो घटनामा कीर्तिपुर र थाहा नगरपालिकाका जनप्रतिनिधिको पनि संलग्नता रहेको छ । जग्गामा रकम हाल्ने भारतीय नागरिकको जाहेरीपछि मात्र यो घटना सार्वजनिक भएको हो । प्रहरीले दुई जना वडाध्यक्षसहित २१ जनाविरुद्ध गत साउन २८ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
घटना विवरण अनुसार कीर्तिपुरको महँगो जग्गा हात पार्न थाहा नगरपालिका–१२ का सतराज गुरुङले नक्कली आमा खडा गराएर सबै प्रक्रिया पूरा गरेका थिए । यस कार्यमा मकवानपुरको थाहा नगरपालिका–१२ का वडाध्यक्ष टीकाराम स्याङ्तान र कीर्तिपुर नगरपालिका–१० का वडाध्यक्ष नरेश महर्जनको सहयोग रहेको छ ।
काठमाडौंको कीर्तिपुर नगरपालिका–१० स्थित ट्याङ्लाफाँटको कित्ता नम्बर २०३ को ९९२ वर्गमिटर अर्थात् एक रोपनी १५ आना जग्गा गुरुङले आफ्नो नाममा गरेको पाइएको हो । भारतीय नागरिक एमसी परेराले उक्त जग्गा किनेर राख्नु भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीका अनुसार भारतीय नागरिक परेराले श्रीमती बनाएका उमादेवी गुरुङको नाममा जग्गा किनेका थिए । उनीहरूका सन्तान थिएनन् ।
‘भारतीय नागरिकले सीधै जग्गा किन नमिल्ने भएपछि उमादेवी गुरुङको नाममा जग्गा किनिएछ । त्यसमा क्रिस्चियन मिसिनरी सञ्चालन गर्न जग्गा खरिद भएको रहेछ’, उनले भने, ‘उमादेवी गुरुङको निधनपछि उनको नाममा भएको जग्गालाई मकवानपुर थाहा नगरपालिका–१२ का सतराज गुरुङले नक्कली आमा बनाएर किर्ते कागज बनाई आफ्नो नाममा लिएको पाइयो ।’
त्यसका लागि भरतपुर महानगरपालिका–१९ बाट उमादेवीको मृत्यु दर्ता प्रमाणपत्र बनाएको पाइएको छ । मृतक गुरुङका आफन्त नभएपछि स्वतः राज्यको हुनुपर्नेमा सतराज गुरुङले उमादेवीको चितवनमा मृत्युदर्ता गराएर आफ्नो नाममा राखेको पाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
अण्डाको मूल्य फेरि बढ्यो, बजारमा नयाँ दर लागु
नेप्से परिसूचकमा ७.७९ अंकको गिरावट, ४ अर्बभन्दा बढीको कारोबार
गुगल र मेटा पछि एप्पलले पनि अब स्मार्ट चश्मा ल्याउने
यामाहा नेपाल टिम र डिलर नेटवर्क ‘ब्लु सर्ज – पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन पटाया, थाइल्यान्ड प्रस्थान
प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
पहिरो, बाढी र वर्षाका कारण देशभरका विभिन्न राजमार्ग अवरुद्ध
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

