आईओईले गरेको शुल्क वृद्धिविरुद्ध नेविसंघले गर्यो बालुवाटार घेराउ
काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ । इन्जिनियरिङ्ग अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्क वृद्धिको विरुद्धमा नेविसंघले प्रधानमन्त्रीको निवास बालुवाटार घेराउ गरेको हो ।
आइओईले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई.रबी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।
इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिबी तथा जेहेन्दार विद्यार्थीहरू अध्ययनबाट वञ्चित हुने नेविसंघको भनाई छ । शुल्क वृद्धिको विरुद्धमा नेविसंघ पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका इकाई अध्यक्ष सुलभ चापागाईँ विगत पाँच दिनदेखि अनशनरत छन् ।
चापागाईँको जीवन रक्षाका लागि नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सबै सरोकारवाला निकायसँग अपील गरेका छन् ।
सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने, आईओईले १४४ प्रतिशत बढाएको अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि फिर्ता हुनुपर्ने, त्रिवि र आईओईलाइ सेन्टर अफ एक्सिलेन्सको रुपमा स्थापित गरी अनुदान बढाउनुपर्ने लगायतको माग नेविसंघको रहेको छ ।
साथै, सबै विश्वविद्यालयमा इन्टर्नसिप, रोजगार सुनिश्चिता र रिसर्चको व्यवस्था गरिनुपर्ने, नेविसंघले विश्वविद्यालय अन्तर्गतका सबै आंगिक क्याम्पसहरुमा कर्पोरेट सोसियल रेस्पोन्सिविलिटीको माध्यमबाट सहयोग गर्ने वातावरण निर्माण गरिनुपर्ने, विद्यार्थीको विदेश पलायनलाई “राष्ट्रिय संकट” घोषणा गर्नुपर्ने लगायतका माग राखेको छ ।




सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

