न्यूयोर्कमा विश्व आदिवासी दिवस भव्यताका साथ मनाइयो
काठमाडौं । अमेरिकाको न्यूयोर्कमा विश्व आदिवासी दिवस भव्यताका साथ मनाइएको छ । २९ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले शनिबार न्यूयोर्कमा झाँकी सहितको ऱ्याली कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको हो ।

राई, लिम्बु, गुरुङ, ह्योल्मो, मगर, तामाङ, मुस्ताङ, नेवार, थारु लगायतका जातिय संस्थाहरुले आ(आफ्नो संस्थागत ब्यानर र जातीय भेषभुषामा आकर्षक रुपमा झाँकी प्रदर्शन गरेर आफ्नो जातिय पहिचान र संस्कृतिको जगेर्ना र सम्बर्द्धन गर्ने काम गरेका छन् ।

नेपाली समुदायको उल्लेख्य जनसहभागितामा सो ऱ्याली नेपाल डे परेडको झल्को आउने गरी भव्यताका साथ सम्पन्न भएको थियो । सो आकर्षक ऱ्याली न्यूयोर्कमा रहेका विभिन्न मुलुकका मानिसहरुले रुचीपूर्वक अवलोकन गरेका थिए ।

कार्यक्रममा नेपाल सरकारको तर्फबाट न्यूयोर्क स्थित नेपाली महावाणिज्य दूतावासका वाणिज्यदूत गणेश अधिकारी समेत न्यूयोर्क सिटी काउन्सिलका मेम्बरहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी र आम समुदायको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

