छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको बेलौरी नगरपालिकाका ७२ वर्षीय जनकलाल चौधरीको करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीका बुबा जनकलालको मङ्गलबार साँझ घरमा नुहाउने क्रममा करेन्ट लागेर घाइते भई धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले चौधरीको शव बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गरी आफन्तको जिम्मा लगाइएको छ ।
त्यसैगरी कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने हुलाकी सडकमा मोटरसाइकल अनियन्त्रित भई एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हुलाकी सडक खण्डको बेल्डाँडी गाउँपालिका–१ आनन्द टोलमा स्थानीय राधाकृष्ण टोलका २५ वर्षीय सुनिल सार्कीले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
प्रहरी प्रवक्ता डाँगीले मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका सार्कीको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए। रासस
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
