जिउडाल हेरेर महिलाको मोलमोलाइ, फिगर राम्रो देखिने युवतीलाई १५ लाख !
काठमाडौं । ‘अंग्रेजी राम्रो, मेकअप म्याच गर्ने, हँसाइ राम्रो भएको, जिउडाल मिलेको, कपडा लगाउँदा फिगर राम्रो देखिने युवतीलाई १२/१५ लाख तिर्न कसैले गाह्रो मान्दैनन्,’ दुबईमा बन्धक बनाइएकी एक युवतीले भनिन्, ‘घरेलु कामदारका लागि भन्दै दैनिक विभिन्न देशबाट डिमान्ड आउँछन् तर हामीलाई बन्धक बनाएको नेपाली एजेन्टसँग कुरा मिलेको छैन ।’
घरको आर्थिक अवस्था कमजोर भएकाले दुबई गएकी सिन्धुपाल्चोककी २२ वर्षीया ती युवतीले कक्षा १२ सम्म पढेकी छिन् । आमाबुवाकी प्यारी छोरी बनेर हुर्किएकी उनमा बिदेसिने चाहना भने पटक्कै थिएन । उनकी एउटी सानी बहिनी पनि छिन् ।
बुढेसकालमा जन्मिएका दुई छोरीको पढाइ र भविष्य कसरी सुन्दर बनाउन सकिएला भनेर बुवाआमाले चिन्ता लिने गरेको उनलाई थाहा थियो । बुवाआमाको त्यही चिन्तालाई खुसीमा बदल्ने र बहिनीको उज्ज्वल भविष्यका लागि जिम्मेवारी लिने संकल्प बोकेर उनी बिदेसिएकी थिइन् । तर उनले आफन्तबाटै यस्तो संकटको भुमरीमा फसिएला भन्ने सोचेकै थिइनन् ।
अलिकति पढेलेखेकी र चिटिक्क देखिने भन्दै आफूलाई नेपाली एजेन्टले बढी मूल्यमा बेच्ने कोसिस गरिरहेको ती युवतीले बताइन् । ती एजेन्टले आफूलाई नराम्रो नजरले हेर्ने गरेको पनि उनको भनाइ छ । उनले यी सबै पिरव्यथा र बाध्यता बारे सामाजिक सञ्जालमा राखेर वैदेशिक रोजगार उद्धार केन्द्रसमक्ष सहयोगको याचना गरेकी छिन् ।
भिजिट भिसामा दुबई पुगेर काम गरेर अलिकति पैसा कमाउने सोच उनमा थियो । तर दुबई पुगेर काम गर्ने त परको कुरा, व्यक्तिगत स्वतन्त्रता सबै गुमेको उनको भनाइ छ । एउटा बन्द कोठामा थुनिन विवश उनले दुबई टेकेयता परिवारसँगको सम्पर्क पनि टुटेको बताइन् ।
नेपाली एजेन्टले ल्याएर आफूलाई थुनेको कोठामा अरू १३ नेपाली महिला पनि रहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उक्त बन्द कोठाबाट १४ महिलाले उद्धारका निम्ति सामूहिक अपिल गरिरहेको वैदेशिक रोजगार उद्धार केन्द्र नेपालका अध्यक्ष इन्द्रलाल गोलेले बताए ।
‘नेपाली महिला सबैभन्दा बढी कुवेत, इराक, ओमन र भारतमा बेचिएका छन्,’ उनले भने, ‘पुरुष भने कम्बोडिया, लाओस, भियतनाम, बर्मामा बेचिने गरेका छन् ।’ उनका अनुसार पछिल्लो समय पढेका-नपढेका सबैलाई विदेश जाने हुटहुटी जागेको छ । विशेष गरेर सिप नभएका र नपढेकाहरूले विदेशमा विभिन्न समस्या झेल्नुपरेको अध्यक्ष गोलेले बताए ।
‘शिक्षित युवती त विदेशी भूमिमा दुःखको जञ्जालमा पर्छन् भने अशिक्षित महिलाको त कुरै नगरौं,’ उनले भने, ‘धेरै महिलाले आफू बेचिएको थाहा पाउँदा पनि घरको ऋण, छोराछोरीको पढाइ सम्झेर शोषण, दुव्र्यवहार र अवहेलना खेपिरहेका छन् । आफन्त, दाजुभाइ तथा दिदीबहिनीबाट धेरै नेपाली महिला बेचिएका छन् ।’ सामाजिक सञ्जालका माध्यमबाट हुने सम्पर्क झन् डरलाग्दो रहेको उनको अनुभव छ । आजको नागरिक दैनिकमा खबर छ ।
सम्बन्धित समाचार
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

