• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • ६ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • ९ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • ११ घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • १२ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • १३ घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • १३ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. सुनको मुल्यमा प्रतितोला पाँच हजार आठ सयले वृद्धि, कतिमा हुदैँछ कारोबार ?

  • २. २०८३ वैशाख २६ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. Big Moves in charlotte, Nepali Diaspora eyes investment Back Home  

  • ४. किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

  • ५. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

  • ६. कालंगा हाइड्रोको आईपीओ जेठ ८ देखि खुल्ने, सर्वसाधारणका लागि कति ?

  • ७. नारायणगढ-मुग्लिन सडकमा सुख्खा पहिरो, यातायात अवरुद्ध

  • ८. २०८३ वैशाख २१ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. नाडाद्वारा उद्योग, वाणिज्य तथा आपूति मन्त्रीसंग अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा छलफल

  • १०. Xiaomi has finally introduce it’s new phone REDMI A7 Pro with special features

हिलिहाङको मालबाँसे बस्ती पहिरोको जोखिममा

जानकारी केन्द्र २०८०, भाद्र, १७

पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ५ सुभाङको मालबाँसे बस्ती पहिरोको जोखिममा परेको छ ।

यहाँको नाखेडाँडा, स्याल्जेलगायत ठाउँमा पहिरो जान थालेको छ । बस्तीसम्मै स–सानो पहिरो जानुका साथै ठूलो क्षेत्रमा धाँजा फाटेको छ । विगतमा समेत स–सानो पहिरो झर्ने गरेको यस स्थानमा यस वर्ष अत्यधिक वर्षा र बाढीका कारण जमिनको ठूलो क्षेत्रमा धाँजा फाटेको छ । जमिनमा धाँजा फाटिएपछि स्थानीयवासीका घर तथा भौतिक संरचना, बाटो र गोरेटो लच्किएका छन् । पहिराले अलैँची र अम्रिसो बगानमा क्षति पुर्याउन थालेको छ ।

मालबाँसे टोलका ८० वर्षीय मेखबहादुर सुहाङका अनुसार विगतमा स–सानो पहिरो झर्ने गरेको भए पनि यस वर्ष सुरु भएको पहिरोले बस्तीलाई जोखिममा पारेको छ । “मेरो १५ मुरी धान फल्ने खेत र अलैँची बारी बगाएर लैजान आँट्यो”, उनले भने, “जमिन सबै लच्किएको छ । ठूलो वर्षा भए थाम्न गाह्रो छ । हामीलाई समस्या पर्ने भयो ।” बस्तीभन्दा माथि रहेको फाँटका सबै पानी डोलिएर मालबाँसे बस्ती हुँदै जान्छ । यस वर्ष अत्यधिक वर्षा भएका कारण जमिनले पानी थेग्न नसकेको उनको भनाइ छ । मालबाँसेबाट बगेर जाने पानी ढुङ्गे खोल्सी वा पाहाङ्गवीरे (पाङ्ग्रे) खोल्सीबाट निकास गर्न सके पहिराको जोखिम केही कम हुने उनको भनाइ छ ।

मालबाँसेकी रनमाया खुदाङका अनुसार पहिरोबाट अहिले यहाँका नौ घर उच्च जोखिममा परेका छन् भने करिब ४० घर रहेको सिङ्गो बस्ती नै जोखिममा परेको छ । “पहिराले हाम्रो घरलाई घेरा दिइराखेको छ । पहिले साना–साना पहिरो जाने गरे पनि अहिलेजस्तो धेरै ठाउँ धाँजा फाटेर बग्न थालेको थिएन”, उनले भने । अहिलेसम्म धानखेती, अलैँची र अम्रिसो खेतीमा पहिराले क्षति पुर्याएको छ । तर ठूलो वर्षा हुँदा बस्ती नै पहिराले बगाउने जोखिम रहेको उनको भनाइ छ।

स्थानीयवासी वीरेन्द्र सुहाङका अनुसार पहिरोका कारण यहाँका अनिल खुदाङ, सन्तोष खुदाङ, आइन्द्र सुहाङ, वीरेन्द्र सुहाङ, हर्कबहादुर सुहाङ, मानबहादुर खुदाङ, दीपेन्द्र खुदाङ, आइतराज खुदाङ, डिल्लीराम सुहाङलगायतका घर उच्च जोखिममा परेका छन् । तुरुन्तै सरोकारवाला पहिरो रोकथाममा नलागे यहाँका ४० घर विस्थापित हुने खतरा रहेको उनको भनाइ छ ।

हिलिहाङ गाउँपालिकाका पशु प्राविधिक एवं हिलिहाङ–५ भालुखोपका स्थानीय बासिन्दा ओमप्रकाश पौडेलले जथाभावी सडक निर्माण र अत्यधिक गोलिया कटानीका कारण पहिराको जोखिम बढेको वताए । “अहिले पहिरो गएभन्दा मुनिबाट सडक निर्माण र गोलिया कटान तथा निकासी चलिरहेको छ । वर्षायाममा समेत गोलिया कटान र सडक निर्माण हुँदा पहिराको जोखिम बढेको छ”, उनले भने, “अहिले मालबाँसे क्षेत्रमा रहेका ४० घरमध्ये १०–१५ घरबाहेक सबै जोखिममा परेका छन् ।” जथाभावी सडक निर्माण र गोलिया कटान बन्द गर्न सके पहिराको जोखिम कम हुने उनको अनुमान छ ।

हिलिहाङ गाउँ कार्यपालिकाका सदस्य वीरेन्द्र मङ्ग्रातीका अनुसार गत वर्षबाट पहिरो बढ्दै गएको पाइएको छ । जोरपोखरीदेखिको भल डोलिएर आउने गरेको, वर्षायाममा पानीका मुहान फुटेर मालबाँसे बस्ती हुँदै ठूलो पानी बग्ने गर्नाले पहिरो झर्न सुरु गरेको उनको भनाइ छ । पहिराका कारण लाखौँको अलैँची र अम्रिसो उत्पादन हुने क्षेत्र र सिङ्गो बस्ती जोखिममा परेको मङ्ग्रातीले बताए । “अहिलेसम्म तीन–चारवटा घर लच्किएका छन् भने सानो–ठूलो पहिरो जान थालिसकेको छ”, उनले भने, “विगतमा जस्तै अत्यधिक वर्षा हुने बाढी आउने भइरहे यहाँ दर्दनाक स्थिति आउन सक्छ ।”

यस स्थानमा विगतदेखि नै पहिरो जाने गरेको भए पनि गत वर्षबाट बढ्दै गएको र यस वर्ष बस्तीसमेत लच्किएको हो । स्थानीय वयोवृद्ध मेखबहादुर सुहाङका अनुसार उनका बाबुबाजे बसोबास गरेको बाँजे भन्ने स्थान अहिले पहिराले घेरिएको छ । “त्यहाँ वरिपरि पहिरो आएपछि यहाँ बसाइँ सर्नुभएको रहेछ”, उनले भने, “पहिराबाट जति भाग्दै गयो, उति लखेट्दै लग्यो ।”

हिलिहाङ–५ का वडाध्यक्ष बिर्खबहादुर सुहाङका अनुसार सुभाङ खोलाबाट अलैँचे हुँदै विगतमा पहिरो झर्ने गरे पनि यस वर्ष बस्ती नै प्रभावित हुन लागेको हो । विशेषतः ढल निकासी नहुँदा पहिराको जोखिम बढेकाले मालबाँसे बस्ती हुँदै बग्ने पानी कटाउन यस वर्ष दुई लाख बजेट ब्यवस्था गरिएको उनले जानकारी दिए । “जोखिम बढेकाले चाँडै ढल निकासीका लागि काम सुरु गराउँछौं”, उनले भने । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

ताजा

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.