Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

संसदीय समितिमा पनि पायो बालेनको विवादित स्ट्याटसले प्रवेश, एमाले सांसद अग्रहरी भन्छिन: शतप्रतिशत सहि छ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, १९
संसदीय समितिमा पनि पायो बालेनको विवादित स्ट्याटसले प्रवेश, एमाले सांसद अग्रहरी भन्छिन: शतप्रतिशत सहि छ

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह उर्फ बालेन बेला-बेलामा चर्चामा आइरहन्छन् । गत वर्षको बैशाखमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएपछि चर्चामा आएका शाह शानदार मतसहित निर्वाचित भएपछि उनको चर्चा रातारात चुलिँदै गएको छ ।

उनै मेयर शाहले गत शनिबार साँझा सामाजिक सञ्जालमा लेखेको एउटा स्ट्याटसले यतिबेला उनको चर्चा र आलोचना दुबै भइरहेको छ । काठमाडौं महानगरपालिका जस्तो देशकै शक्तिशाली स्थानीय तहका मेयर शाहले आफ्नी पत्नी सविना काफ्ले सवार सरकारी गाडी कोटेश्वरमा प्रहरीले रोकेर केरकार गरेपछि आक्रोशित बनेका शाहले शनिबार राती ९ बजे सरकारलाई चोरको संज्ञा दिँदै भोलिबाट महानगरको गाडी रोकिएमा सिंहदरबार आगो लगाईदिने धम्की दिएका थिए । यद्दपि उक्त स्ट्याटस आइतबार रातीनै डिलिट भइसकेको छ ।

आफूले लेखेको स्ट्याटसले तीव्र आलोचना खेपेपछि हटाएर मेयर बालेन यतिबेला नेपाल र भारतबीच सोमबार भएको क्रिकेट हेर्न श्रीलंकामा छन् । तर उनले उक्त स्ट्याटसको पक्ष र विपक्षमा तीव्र बहस भईरहेको छ । उनको उक्त आक्रोशप्रति नेतादेखि कलाकार र हाकिमदेखि पियनसम्मले आ(आफ्नै तवरले मनलाग्दी तर्क गर्दै बहस गरिरहेका छन् । बहसमा उत्रिने एकाध राजनीतिज्ञबाहेकले समर्थन गरिरहेका छन् । सडकदेखि सदनसम्म प्रवेश पाएको बालेनको स्ट्याटसले संसदीय समितिमा पनि प्रवेश पाएको छ ।

मंगलबार बसेको संसदको उद्योग, वाणिज्य तथा श्रम र उपभोक्ता समितिको बैठकमा सांसदहरुले पक्ष र विपक्षमा आफ्नो धारणा राखेका छन् । आजको बैठकमा बोल्दै नेकपा एमालेकी सांसद अमृतादेवी अग्रहरीले बालेको आक्रोशलाई समर्थन गरेकी छन् । सांसद अग्रहरीले भन्सारबाट सय किलो सुन बाहिरिँदासमेत समात्न नसक्ने सरकार चारे नै भएको र बालेनले भनेको कुरा शतप्रतिशत सहि भएको बताएकी हुन् ।

“बालेनले चोर भनेको कुरा शतप्रतिशत सही छ, किनभने विमानस्थलबाट १०० किलो सुन छिर्छ,” सांसद अग्रहरीले समिति बैठकमा भनिन्, “जनता मारमा परेका छन्, तर सरकारलाई चासो छैन ।”

Top Changing Nepal

युट्युब सट्स