रसायन कारखानमा ग्यास चुहिँदा दश जनाको मृत्यु
बेइजिङ । उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् ।
घटना बिहीबार अपराह्न इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको राज्य प्रसारक चाइना सेन्ट्रल टेलिभिजन ९सिसिटिभी०ले जनाएको छ । ग्यास चुहिएर बिरामी परेका एक जनाको घटनास्थलमा मृत्यु भएको तथा अन्यको उपचारका क्रममा ज्यान गएको थियो । सिसिटिभीले मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ ।
कार्यस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा चीनमा औद्योगिक दुर्घटना बारम्बार हुनेगरेका छन् । यो वर्षको शुरुमा इनर मङ्गोलियाको एउटा कोइला खानीमा दुर्घटना हुँदा ५३ जनाले ज्यान गुमाएका थिए । हालै उत्तरपश्चिम चीनको यिनचुआनमा रहेको एउटा चमेनागृहमा खाना पकाउने ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको थियोभने सात जना घाइते भएका थिए ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
