पर्यटकीय क्षेत्र पोखरी तालमा पूर्वाधार विकास गरिँदै
त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पोखरी ताल क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण कार्य सुरु गरिएको छ ।
कावासोती नगरपालिका–१ मा अवस्थित पर्यटकीय क्षेत्र पोखरी तालको थप विकासका लागि विभिन्न निर्माण कार्य सुरु गरिएको वडा नं १ का वडाध्यक्ष तबारक अहमद मियाँले बताए । पर्यटकीय दृष्टिकोणले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने यस क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्न नसक्दा ओझेलमा पर्दै आएको छ । साथै ताल क्षेत्रमा पानी नअडिने समस्याले तालमा पानी अड्याउनै समस्या हुने गरको छ ।
त्यसकारण हालै नगरपालिकाले तीन करोड पाँच लाख २७ हजारको लागतमा विभिन्न संरचना निर्माण गर्न लागिएको वडा अध्यक्ष मियाँले बताए । तालमा पानी टिकाउन समस्या भएसँगै पहिलो चरणमा अहिले तालको भित्री भागमा एक हजार तीन सय मिटर लम्बाइको वरपर ढुङ्गाको पर्खाल लगाउन सुरु गरिएको छ ।
तालको ढिकसँगै जोडेर छ दशमलव पाँच मिटर उचाइको पर्खाल बनाउन लागिएको वडाध्यक्ष मियाँले बताए । यसले तालमा पानी लामो समयसम्म टिकाउन सहयोग पुग्ने उनले बताए । पोखरी तालको वरपर करिब सात सय मिटर लम्बाइको पैदल मार्ग निर्माणको कामसमेत सुरु गरिएको वडाध्यक्ष मियाँले बताए ।
तालको वरपर प्रतीक्षालय निर्माण गर्नाका साथै दुई ठाउँमा ढुङ्गाका लागि स्टेसन निर्माण गरिने उनले बताए । यी संरचना निर्माणले ताल क्षेत्रको आकर्षण थप बढ्ने वडाध्यक्ष मियाँले बताए । उक्त ताल क्षेत्र र पार्क कूल १८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वरपर विभिन्न वनस्पति रोपिएका छन् । साथै गैँडा, बाघ, फोटो खिच्ने स्थानसहित विभिन्न संरचना निर्माण गरिएको छ ।
हाल निर्माण गर्न लागिएको संरचनाले ताल क्षेत्रको आकर्षण थप बढ्ने अध्यक्ष मियाँले बताए । “ताल क्षेत्र प्राकृतिक रुपमा आफैमा रमाइलो स्थानमा रहेको छ, थप पूर्वाधार निर्माणसँगै पर्यटकको आकर्षण थप बढ्ने अपेक्षा छ”, उनले भने ।
पूर्व पश्चिम राजमार्ग देखि करिब छ किलोमिटरको दूरीमा रहेको पोखरी ताललाई केन्द्रित गरि सहज पहुँचका लागि सडकको स्तरोन्नतिको कामसमेत सँगै बढाइएको छ । कावासोती–१ र ६ को सिमानामा पर्ने हरियाली चोकदेखि स्लाम चोक हुँदै कोइलापानीसम्म दुई दशमलव सात किलोमिटर सडक कालोपत्रको कामसमेत अघि बढाइएको वडाध्यक्ष मियाँले बताए ।
नगरभित्र पर्यटन क्षेत्रको विकास, सडक, नालासहितका पूर्वाधारको विकास, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका विषय प्राथमिकता दिएर काम अघि बढाइएको नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए । पोखरी ताल क्षेत्रको विकाससहित विभिन्न योजना सञ्चालन गर्ने गरी ५६ करोड बराबरका योजना सम्झौता भएर काम अघि बढेको नगर प्रमुख भुसालले बताए । पोखरी ताल क्षेत्र आफैँमा पालिकाको प्रमुख पर्यटकीय क्षेत्र भएकाले समेत यसलाई प्राथमिकतामा राखेर काम सुरु गरिएको उनले बताए । रासस
सम्बन्धित समाचार
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

