Jankari Kendra
११ आश्विन २०८३, आईतवार
Worldlink

टाइम म्यागेजिनको एक सय उदीयमान नेताको सूचीमा मेयर बालेन शाह

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, भाद्र, २८
टाइम म्यागेजिनको एक सय उदीयमान नेताको सूचीमा मेयर बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह विश्वका एक सय उदाउँदा नेताको सूचीमा परेका छन्।

विश्व प्रतिष्ठित म्यागेजिन टाइमले विश्वका सय उदीयमान नेताको सूचीमा मेयर बालेनलाई पनि समेटेको हो। आगामी दिनमा आफू आबद्ध क्षेत्रलाई स्पष्ट रूप दिन सक्ने र आफ्नो उपस्थितिलाई परिभाषित गर्न सक्नेमध्येबाट टाइम म्यागेजिनले सय जना छनोट गरेको हो।

जसमा २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह परेका छन्। टाइम म्यागेजिनले सन् २०२२ मा उनी स्वतन्त्र उम्मेदवारको रूपमा खडा भएदेखि नै सम्भावित विजेताका रूपमा उभिएको बताएको छ।

उनले लगाउने चस्मा, पहिरन नै ‘ब्रान्ड’को रूपमा स्थापित भएको उल्लेख गरेको छ। पुराना राजनीतिक दलहरूप्रतिको आक्रोशलाई स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका ३३ वर्षीया शाहले टिकटक, ट्विटर र इन्स्टाग्राममार्फत् आफ्नो पक्षमा पारेको र ‘बालेन प्रभाव’को रूपमा विस्तार गरेको उल्लेख छ।

Top Changing Nepal

युट्युब सट्स