Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

पूर्वसांसद ढाकाकुमार श्रेष्ठबारे भ्रम फैलाएको आरोपमा एक जना पक्राउ

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, भाद्र, २९
पूर्वसांसद ढाकाकुमार श्रेष्ठबारे भ्रम फैलाएको आरोपमा एक जना पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद डा.ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जा आँधीखोला गाउँपालिका-५, ठूलीबराहका ३५ वर्षीय सुर्यबहादुर रेग्मी छन् ।

रेग्मीले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा श्रेष्ठका विषयमा गलत सूचना सम्प्रेषण गरेका थिए । रेग्मीले ‘श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडि धारिलो हतियार प्रयोग गरी घाइते बनाएकोर उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी,’ भन्ने स्टाटस राखेका थिए ।

आफूबारे नभएको सूचना सामाजिक सञ्जालमा देखेपछि श्रेष्ठले रेग्मीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा रेग्मीलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कास्कीले जनाएको छ । पक्राउ परेका रेग्मीलाई विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर (साइबर अपराध) अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स