Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, आश्विन, ४
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच आज विहान बसेको पहिलो चरणको वार्ता निष्कर्षविहीन भएको छ ।

शिक्षा विधेयकमा आफ्ना मागहरू नसमेटिएको भन्दै बुधवारदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेका शिक्षकका प्रनितिधि र सरकारबीच बिहीबार बिहान ८ बजेदेखि वार्ता सुरु भएको हो।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षा सचिव सुरेश अधिकारी सरकारको तर्फबाट वार्तामा बसेका छन्। गृह मन्त्रालयमा भएको वार्तामा शिक्षामन्त्री अशोक राई र सचिव सुरेश अधिकारी समेत सहभागी भएका थिए ।

यसैगरी, शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर तथा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधिहरू आन्दोलनरत शिक्षकका तर्फबाट वार्तामा सहभागी छन्।

पहिलो चरणको वार्तामा उपप्रधानमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रका समग्र समस्या समाधान गर्न सरकार तयार रहेकाले आन्दोलन फिर्ता लिन आग्रह गरेपन शिक्षक प्रतिनिधिहरूले भने विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने अडान कायमै राखेपछि वार्ता भङग भएको छ ।

विधेयकका प्रावधानमा महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ, जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन्।

Top Changing Nepal

युट्युब सट्स