‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुँदै
झापा । दमक नगरपालिका–९ दमकस्थित कदम थिएटरमा ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुने भएको छ । साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथामा आधारित सो नाटक यही असोज १२ गते मञ्चन हुन लागेको हो ।
दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मूलकाहरूको जीवन भोगाइलाई साहित्यकार राईले कथामा जीवन्त रुपमा उतारेका छन् । यही कथालाई नै नाटकीरण गरेर रङ्गकर्मी जीवन बरालको निर्देशनमा पहिलो समूहका कलाकारहरूले अभिनय गर्ने भएका छन् ।
कदम थिएटरले गत जेठ २४ गतेदेखि रङ्गमञ्चको आधारभूत कार्यशाला सञ्चालन गरेको थियो । सोही कार्यशालाको अन्त्यमा नाटक ‘जयमाया आफूमात्र लिखापानी आइपुगी’को मञ्चन गर्नका लागि पूर्वाभ्यास भइरहको कदम थिएटरका महासचिव कमन देवानले जानकारी दिए ।
रङ्गकर्मी बरालले यस कथालाई नाटकको रूपमा रुपान्तरण गरिरहँदा अहिलेको समयमा हाम्रो समाजले भोग्दै गरेको नियतिलाई छुने गरी तयार पारिएको बताए । उनले २० वर्षभन्दा धेरै नेपाली रङ्गमञ्चमा काम गर्दै आएका छन् । उनले आधा दर्जनभन्दा बढी नाटकको निर्देशन गरिसकको जानकारी दिए । रासस
सम्बन्धित समाचार
ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
पाँच अर्ब निकास गरेर बाढीपीडितको उद्दार र पुनर्निमाणमा लाग्यो चीन
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १६५ नाघ्यो
भारतबाट नेपाललाई दोस्रो चरणमा थप ३७.५ टन सहयोग
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
मधेश सरकारका मन्त्री–कर्मचारीले एक दिनको तलब विपद् कोषमा जम्मा गर्ने
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


