दुधे बालिकालाई उखुबारीमा बाँधेर महिला फरार
काठमाडौं । शुक्रबार बिहान कञ्चनपुरको बेलौरीमा बेवारिसे अवस्थामा फेला परेकी नाबालिगकालाई आफन्तको जिम्मा लगाइएको छ भने उनकी आमा हालसम्म फरार रहेकी छन् । जिल्लाको पुर्नवास नगरपालिका-२ अमरैया कि शर्मिला चौधरीले १४ महिने छोरीलाई उखुबारीमा बाँधेर फरार भएकी हुन्।
बेलौरी नगरपालिका-७ स्याली खोला नजिकै उखुबारीमा हात-खुट्टा बाँधी अलपत्र छोडिएको देखेपछि शुक्रबार बिहान स्थानीयले नाबालिगकाको उद्धार गरेका थिए । सडक छेउकै उखुबारीमा रोइरहेको अवस्थामा भेटिएकी नाबालिगकाको हात र खुट्टा दोपट्टाले बाँधिएको थियो ।
उनलाई उद्धार गरी स्थानीयले प्रहरीको जिम्मा लगाएपछि प्रहरीले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शिशुको स्वास्थ्य जाँच गराई अभिभावकको खोजी कार्य गरेको थियो । त्यसक्रममा शिशुकी आमाका माइती पक्ष सम्पर्क आएको प्रहरीले जनाएको छ । शिशुलाई शर्मिलाकी आमा रामपति चौधरीको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीले बताए ।
बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी रानासहितका जनप्रतिनिधि, दुवै नगरपालिकाका महिला विकास शाखाका संयोजक तथा स्थानीय कर्मचारी, पत्रकार लगायतको रोहबरमा प्रहरीले शिशुलाई अभिभावकको जिम्मा लगाएको हो।
शर्मिलाले बिहीबार साँझ शिशुलाई लिएर माइत घरबाट हिँडेकी खुलेको छ । परिवारका सदस्यहरूको भनाइ अनुसार उनी श्रीमानको घर जाने भन्दै त्यहाँबाट निस्किएकी हुन् । तर, उनका आमाबुवालाई पनि बच्चाको बुवा को हुन् भन्नेबारे अझै जानकारी छैन ।
शर्मिलाले केही समय सेती प्रादेशिक अस्पताल धनगढीमा बच्चा जन्माएकी हुन् । त्यही बेला पनि शिशु छोड्नको खोजेको तर, प्रहरीको सहयोगमा उनलाई घर लगिएको स्थानीयले बताएका छन् ।
शिशु भेटिएको केही समयपछि शर्मिलालाई फोन गरिएको थियो । उनले आफू डडेल्धुरामा रहेको बताएकी थिइन् । तर, त्यसपछि शिशुको बारेमा कुरा गर्दा उनले मोबाइल अफ गरेको पुर्नवास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डम्मरबहादुर थापाले बताए ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

