• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ बैशाख २०८३, शनिबार
२६ बैशाख २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • ७ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • ८ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • ११ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • १२ घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • १४ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • १४ घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १४ घण्टा 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • २. नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

  • ३. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ४. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • ५. नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

  • ६. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

  • ७. बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना

  • ८. मे महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् मासिक राशिफल

  • ९. फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

  • १०. देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

आयोडिन नूनको उपभोगले स्वास्थ्य समस्या न्यूनीकरण

जानकारी केन्द्र २०८०, आश्विन, ७

सुदूरपश्चिम । आयोडिनयुक्त नून उपभोग गर्ने बानी बढेपछि आयोडिनको कमीले मानिसमा देखिने विभिन्न शारीरिक समस्या न्यूनीकरण हुँदै गएको छ ।

यो नूनको उपभोग गर्ने जनसङ्ख्या बढेसँगै पहिलेको जस्तो सुस्त मनस्थिति, पुट्कोपना, गलगाँड हुनेजस्ता शारीरिक समस्या न्यूनीकरण हुँदै गएको पाइएको बाजुरा जिल्ला अस्पतालका प्रमुख नृपराज गिरीले बताए।

“आयोडिन नून र पोषणयुक्त अन्य खानेकुराको उपभोग बढेकाले हुनसक्छ, अस्पतालमा पछिल्ला दशकमा प्रसूति सेवा लिन आउने माहिलाबाट पुट्कोपना, ख्याउटेपना र सुस्त मनस्थितिका शिशु जन्मिएको विवरण देखिँदैन,” उनले भने, “गलगाँडको समस्या लिएर आउने नयाँ बिरामी पनि छैनन् ।”

आयोडिनयुक्त नूनको पहुँच सबै ठाउँमा नपुग्दा कतिपय नागरिकले विगतमा आयोडिन तत्व नभएको ढिके नून उपभोग गर्नुपर्ने बाद्यता थियो । आयोडिन तत्वका साथै भिटामिन ‘ए’ को कमीका कारण मानिसको बुझ्ने तथा सिक्ने क्षमतामा ह्रास आउने, सुस्त मनस्थितिका सन्तान जन्मिने, गलगाँड हुने, महिनावरी हुने महिलामा अत्यधिक रक्तस्राव हुने, महिनावारी अनियमित हुने ,वयस्क व्यक्तिको प्रजनन् क्षमता कमजोर हुनेलगायत स्वास्थ्य समस्या देखिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

आयोडिनयुक्त नूनको उपभोग गर्दा हुने फाइदा र नगर्दा हुने बेफाइदाका बारेमा पहिलेको भन्दा जनतामा चेतना बढेको पाइएको स्थानीयवासी ज्ञानबहादुर शाहीले सुनाए । “पहिल्यैदेखि घरमा ढिके नून उपभोग गर्ने बानी परेकाहरू पनि अहिले पोकाको आयोडिनयुक्त धुलो नून उपभोग गर्ने गरेका छन्”उनले भने,”आयोडिन नूनका बारेमा अहिले सबैमा चेतना आइसकेको छ ।” उक्त नून बिक्री वितरणको दायित्व बोकेको साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नेपालमा यो नून उपभोग गर्ने जनसङ्ख्या ९३ प्रतिशत पुगेको जनाएको छ ।

कर्पोरेशनका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले भने,“आयोडिनयुक्त नून खानुपर्छ भन्ने चेतना नागरिकमा पहिलेको भन्दा निकै बढेको छ, यसको पहुँच पनि सबैतिर पुगेको छ, आयोनूनको उपभोग गर्ने बढेसँगै मानिसको स्वास्थ्यमा देखिने विकृति अहिले पूरै हटेको छ ।”
सात प्रतिशत जनसङ्ख्याले भने खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैधरुपमा आयात गरिने ढिके नून उपभोग गरिरहेको पाइएको छ ।

यसरी भित्रिने ढिके नूनमा आयोडिनको मात्रा नहुने भएकोले खान नहुने बताइन्छ । ढिके नून आयोनूनको मूल्यभन्दा कम पर्ने हुँदा सीमा क्षेत्रका कतिपयले यो नून उपभोग गर्ने गरेका हुन् । आयोडिनयक्त ढिके नून भने छिटपुट रुपमा बिक्री वितरण हुने गरेको छ । यस्तो ढिके नूनको बाहिरी भागमा हुने आयोडिनतत्व धोइपखाली प्रयोग गर्नुपर्दा त्यसमा रहने आयोडिन तत्व नष्ट हुने गर्छ । नेपाल सरकार र लिमिटेडको संयुक्त पहलमा सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, अछाम र दार्चुला जिल्लासहित देशका २२ दुर्गम जिल्लामा तोकिएको कोटाअनुसार सहुलियत मूल्यमा ‘भानु ब्राण्ड’को आयोनून बिक्री वितरण भइरहेको छ ।

सरकारले ढुवानी अनुदान र कर्पोरेशनले प्रतिकिलोमा छ रुपैंया छुट दिएर दुर्गम जिल्लामा यो नून प्रतिकिलो नौ मा बिक्री वितरण गरेको हो । सुदूरपश्चिम प्रदेशमा आव २०८०र८१मा २४हजार पाँचसय १४ क्वीन्टल सहुलियत मूल्यका नूनको कोटा तोकिएकामा गत भदौ अन्तिमसम्म चार हजार नौसय १५ क्वीन्टल नून सम्बन्धित जिल्लामा ढुवानी भइसकेको कर्पोरेशनको धनगढीस्थित प्रदेश कार्यालयले जनाएको छ । अनुदान नदिइएको आयोडिनयुक्त शक्ति र आयो नून भने कर्पोरेशनले बजारमा प्रतिकिलो रु १५ मा बिक्री वितरण गर्ने गरेको छ ।

कर्पोरेशनका विभागीय प्रबन्धक झा नेतृत्वको एक टोलीले अछाम, बझाङ, बाजुरालगायत जिल्लामा आयोडिन नूनको आपूर्ति व्यवस्थापन र देखिएका समस्यालगायत विषयमा केही दिनअघि स्थलगत निरीक्षण अनुगमन गरेको थियो । समयमै आपूर्ति व्यवस्थापन हुननसक्दा कतिपय समयमा यो नून पाउन समस्या हुने गरेको स्थानीयवासीको गुनासो पनि छ ।

घरपालुवा गाईबस्तुका लागिसमेत यो आयोडिन नूनको जोहो गर्न खोज्दा मान्छेका लागि नपुगेर कहिलेकाहीँ आपूर्तिमा समस्या देखिने गरेको बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले बताए । उनले भने, “भौगोलिक विकटतासँगै जनभावनालाई मध्यनजर गरी यो नूनको आपूर्तिका लागि कोटा निर्धारण गर्न आवश्यक छ ।”

नेपालमा पहिलो पटक सन् १९६५मा गरिएको सर्वेक्षणकाअनुसार त्यसबेला आयोडिनको कमीका कारण ५५ प्रतिशत जनताको स्वास्थ्य कुनै न कुनै रुपमा असर परेको थियो । जन्मिने चार प्रतिशत बालबालिका सुस्त मनस्थितिका हुन्थ्ये ।

सरकारको नीतिगत निर्णयपछि सन् २०७३ देखि नेपालमा आयोडिन नून बिक्री वितरण थालिएको हो । नूनको सहज आपूर्ति गर्न स्थापित कर्पोरेशनले हाल नूनसहित अन्य दैनिक उपभोग्य वस्तु र रासायनिक मल सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको कर्पोरेशनका विभागीय प्रबन्धक झाले बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

ताजा

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.