Jankari Kendra
१९ श्रावण २०८३, मंगलवार
Worldlink

आज कुन प्रदेशको मौसम कस्तो ?

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, आश्विन, ९
आज कुन प्रदेशको मौसम कस्तो ?

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित छ। साथै नेपालमा भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभावका कारण आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका केहि स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, रातिसम्म देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका केहि स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

Top Changing Nepal

युट्युब सट्स