• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ जेठ २०८३, आइतबार
०३ जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ जेठ ०५ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

जेठ महिनामा अधिकांश बैंकको ब्याजदर सार्वजनिक, केही बैंकले घटाए र केहीले बढाए
  • १२ घण्टा 

उच्च प्रदर्शन र आधुनिक सुविधासहित गोदरेज भिसि कुलर नेपाली बजारमा
  • १४ घण्टा 

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न
  • १५ घण्टा 

सुनको मुल्य बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

अण्डाको उत्पादन घट्दा मूल्य भने बढ्यो
  • १७ घण्टा 

१० महिनामा नेपालमा ४५ अर्बभन्दा बढी वैदेशिक लगानी भित्रियो
  • १७ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १९ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १९ घण्टा 

लोकप्रिय समाचार

  • १. काठमाडौं मेरियट होटलद्वारा ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ लाई सिएसआर पहलमार्फत सहयोग

  • २. उच्च प्रदर्शन र आधुनिक सुविधासहित गोदरेज भिसि कुलर नेपाली बजारमा

  • ३. लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

  • ४. टीसीएल ‘ब्रिजइन’ एसी नेपाली बजारमा : शितलताको नयाँ अनुभव

  • ५. नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम अब अनलाइनबाटै लिन सकिने

  • ६. नयाँ ओमोडा इ५ प्रो नेपाल आउँदै

  • ७. एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

  • ८. क्लासिक टेकप्रति आकर्षण बढ्दो, दुई महिनामै थपिए ३ हजारभन्दा बढी नयाँ ग्राहक

  • ९. जेठ महिनामा अधिकांश बैंकको ब्याजदर सार्वजनिक, केही बैंकले घटाए र केहीले बढाए

  • १०. घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

प्रेमीसँग मिलेर श्रीमानको हत्या 

जानकारी केन्द्र २०८०, आश्विन, १५

बारा । बाराको पचरौता नगरपालिका वडा नम्बर ६ लक्ष्मीनियामा असोज ९ गते मृत भेटिएका भारतीय नागरिकको हत्या उनकै श्रीमतीको योजनामा भएको खुलेको छ । आफ्ना प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको आरोपमा बारा प्रहरीले मृतककी श्रीमतीलाई पक्राउ गरेपछि यो खुलासा भएको हो ।

बाराको पचरौता नगरपालिका ६ लक्ष्मीनियामा अजितकुमार सिंहको हत्या गरेको आरोपमा प्रहरीले उनकी श्रीमती भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना १ सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंहलाई पक्राउ गरेको हो ।

बाराको सिम्रौनगढबाट भारत भाग्दै गरेको अवस्थामा उनलाई सीमा क्षेत्रबाट पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । सोनमले आफ्नो प्रेमीसँग मिलेर अजितको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सोनम र उनका प्रेमीले मिलेर असोज ९ गते अजितको लक्षिमनियीस्थित नेपाल-भारतको सीमानाका नजिकै गोली हानी हत्या गरेका थिए । हत्यामा संलग्न रहेका सोनमका प्रेमी भारतको मोतिहारी जिल्ला दर्पा थाना १ सुक्लहिया बस्ने २५ वर्षीय सुजित कुमार सिंह पक्राउ परेका हुन् ।

त्यस्तै, त्यही ठाउँ निवासी २४ वर्षीय चञ्चल पाण्डे, २२ वर्षीय मनिष कुमार सहनी, २० वर्षीय कामेश्वर सहनी र २० वर्षीय रञ्जित मुखिया फरार रहेको प्रहरीले जनाएको छ । भारतीय प्रहरीसँगको समन्वयमा फरार रहेकाहरूको खोजी कार्य भइरहेको छ ।

सोनमले प्रेमी सुजितसँग योजना बनाएर अजितको हत्या गरेकी थिइन् । भारतीयलाई नेपालमा ल्याएर हत्या गरे पक्राउ नपर्ने भन्ने मनसायले उनीहरूले अन्य आरोपितहरूसँग मिलेर बारा जिल्लाको सीमानाका नजिकै ल्याएर अजितको गोली हानी हत्या गरेका थिए ।

सोनमले सुजितसँग आफ्नो अवैध सम्बन्ध रहेको प्रहरीलाई बयान दिने क्रममा स्वीकार गरेका छन् । असोज ९ गते सुजितले अजितलाई आफ्नो मोटरसाइकलमा पछाडि बसाएर भारतसँग जोडिएको नेपाली सीमाना लक्ष्मीनियासम्म ल्याएका थिए । त्यहाँ अजितमाथि सुजितले गोली प्रहार गरेका थिए । अर्को मोटरसाइकलमा आएका ३ जना युवकले घटनास्थल रेकी गरेका थिए।

अजितको हत्यापश्चात् सुजितले सोनमलाई फोन गरेर काम भएको भन्दै भाग्न आग्रह गरेका थिए । उनी बाराको सिम्रौनगढमा बस्दै आएकी थिइन् । घटनाको कारण प्रेम सम्बन्धमात्र नभई पैसाको लेनदेन पनि रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सुजितको समूहले एक वर्ष अगाडि बारामा पनि एक जनाको हत्या गरेको खुलेको छ । २०७९ पुस ८ मा भारतीय नागरिक ४४ वर्षीय शिवपुजन यादवलाई पनि यही समूहले गढीमाई नगरपालिका २ स्थित भुतही पुलमा हत्या गरेको थियो ।

शिवपुजनसँगै मोटरसाइकलमा आएका सुजितले गोली प्रहार गरी उनको हत्या गरेर फरार भएका थिए । उक्त घटना प्रकरणमा प्रहरीले भारत घोडासहनका प्रमोद रामलाई यसअघि नै पक्राउ गरिसकेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जेठ महिनामा अधिकांश बैंकको ब्याजदर सार्वजनिक, केही बैंकले घटाए र केहीले बढाए
उच्च प्रदर्शन र आधुनिक सुविधासहित गोदरेज भिसि कुलर नेपाली बजारमा
नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न

ताजा

२०८३ जेठ ०५ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

जेठ महिनामा अधिकांश बैंकको ब्याजदर सार्वजनिक, केही बैंकले घटाए र केहीले बढाए

उच्च प्रदर्शन र आधुनिक सुविधासहित गोदरेज भिसि कुलर नेपाली बजारमा

नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.