Jankari Kendra
१७ आश्विन २०८३, शनिबार
Worldlink

घर निर्माणको प्रमाणपत्र उपलब्ध गराएबापत घुस लिँदै गर्दा सबईन्जिनियर फन्दामा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, १६
घर निर्माणको प्रमाणपत्र उपलब्ध गराएबापत घुस लिँदै गर्दा सबईन्जिनियर फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घर निर्माण गरिसकेको प्रमाणपत्र उपलब्ध गराएबापत घुस लिँदै गरेको अवस्थामा सबईन्जिनियरलाई पक्राउ गरेको छ ।

आयोगको कार्यालयबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिस्टेन्ट सब–ईन्जिनियर बिजयालक्ष्मी पन्तलाई २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।

पन्तलाई घुस रकमसहित चन्द्रागिरी नगरपालिकाकै वडा नम्बर ११ सतुङ्गलस्थित माई फुड डेरी खाजा पसलबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स