नेपालमा किन ढिलो बाहिरिन थाल्यो मनसुन ?
काठमाडौं । मुलुकभित्र सामान्यतया जून १३ मा मनसुन भित्रिन्छ । अक्टोबर २ मा बाहिरिने गर्छ । तर, सन् २००० यता मनसुन ढिलो गरी बाहिरिन थालेको छ । यसलाई जलवायु परिवर्तनको दीर्घकालीन असर मान्न सकिने मौसमविद्हरू बताउँछन् ।
जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार सन् २००० यताका १३ वर्षमा मनसुन ढिला बाहिरिएको छ । पछिल्लो मनसुन भित्रिन समय पनि ढिलाइ भइरहेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अझै सातादिन जस्तो मनसुन सक्रिय रहने देखिन्छ ।
त्यसपछि विस्तारै पश्चिमबाट खुल्दै जानेछ । हाल भारतको राजस्थानबाट मनसुन बाहिरिँदै गएको छ । पौडेलले भने, ‘चार पाँच दिन अझै केही बद्ली हुने र पानी पर्ने देखिन्छ । त्यसपछि विस्तारै पश्चिमबाट खुल्दै जानेछ ।’ जलवायु परिवर्तनका कारण मौसम ढिला भित्रिने र ढिलै बाहिरिने क्रम दोहोरिन थालेको उनको भनाइ छ ।
‘वायुमण्डल र समुद्रको सर्कुलेसनले वाष्पीकरण हुने तथा पानी पार्ने चक्रमा कहीँ न कहीँ थोरै मात्रामा असर छ,’ पौडेलले थपे ‘ग्लोबल वार्मिङ तथा जलवायु परिवर्तनको दीर्घकालीन असर हुन सक्छ । त्यसलाई ‘क्लाइमेट भेरीबेलिटी’ पनि भन्छौं ।’
मुलुकमा पानी पर्ने प्रणाली र प्रक्रियामा पनि परिवर्तन आएको छ । सुक्खा हुने वा अत्यन्त वर्षा हुने क्रम बढ्दै गएको छ । धेरै वर्षा हुने ठाउँमा कम वर्षा हुने र कम वर्षा हुने ठाउँमा धेरै वर्षा भएका घटना छन् ।
चरम मौसमी अवस्थाहरू पनि देखिएका छन् । अत्यधिक जाडो र अत्यधिक गर्मी हुन थालेको छ । जल तथा मौसम विभागका मौसमविद् सुदर्शन हुमागाईँ जलवायु परिवर्तनको कारण मनसुन बहिर्गमनमा ढिलाइ भएको हुन सक्ने बताउँछन् ।
पछिल्लो समय नेपालमा अक्टोबरको आधासम्म पनि पानी पर्ने क्रम बढेको छ । हुमागाईंले भने, ‘कुनै वर्ष ढिलोछिटो हुनु सामान्य प्रक्रिया हो । तर, सन् २००० यताका वर्षहरूमा धेरैजसो वर्ष मनसुन बाहिरिने समय पछाडि धकेलिँदै जानुले जलवायुको असर मान्न सकिन्छ ।’
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

