९० लाख अकुत आर्जनमा तानिए सिनियर अहेब कोइराला
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिनियर अहेबविरुद्ध अकुत आर्जनमा मुद्धा चलाएको छ । अख्तियारले आज स्याङ्जाको चापाकोट नगरपालिकाका तत्कालिन सिनियर अहेव बिन्दु कोइरालालाई अकुत आर्जनमा मुद्धा दायर गरेको हो ।
आयोगले कोइरालाविरुद्ध ९० लाख ३९ हजार ६२० रुपैयाँ ३९ पैसा गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अहेव कोइराला २०५४ कात्तिक ५ गते निजामती सेवामा प्रवेश गरेका थिए । अख्तियारले २०७८ मंसिर २१ गतेसम्मको सम्पत्ति जाँचबुझ गर्ने क्रममा ९० लाख ३९ हजार ६२० रुपैयाँ स्रोत नखुलेको भेटिएको जनाएको छ ।
कोइरालाले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति आफ्नी पत्नी गीता कोइरालाको नाममा समेत राखेको पाइएको छ । अख्तियारले दायर गरेको अभियोग पत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २९ बमोजिम गीतालाई समेत प्रतिवादी कायम गरी उक्त रकम जफत गर्न मागदाबी गरिएको छ ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

