• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १० घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • ११ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १३ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • १४ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • १४ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १७ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • १७ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • १८ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

जेलमा रहेकी मोहम्मदीले किन पाइन् नोबेल शान्ति पुरस्कार?

जानकारी केन्द्र २०८०, आश्विन, २०

बीबीसी । यो वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाएकी छिन् । महिलाविरुद्ध हुने दमनका विरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानवाधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाएको छ ।

मोहम्मदी अहिले तेहरानस्थित एउटा जेलमा छिन् । आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने छ । नोबेल समितिले शान्ति पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूलाई तिनको देशको नागरिक समाजको प्रतिनिधि मान्छ ।

मोहम्मदी अहिले कहाँ छिन् ?
मोहम्मदी इरानको कुख्यात मानिने इभिन जेलमा छिन् । इभिन जेल सरकारविरोधी प्रदर्शनकारीहरू, राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकहरू राखिने कारागार हो ।

यो जेलमा कैदीहरूलाई यातना, अनिश्चितकालसम्म थुन्ने धम्की तथा स्वास्थ्य सुविधामा पहुँच नदिइएको भन्दै पश्चिमा मानवाधिकारवादी संस्थाहरूले आलोचना गर्दै आएका छन् । सन् २०२१ मा ह्याकरहरूबाट बाहिरिएको एउटा भिडिओमा सुरक्षाकर्मीबाट बन्दीहरूलाई कुटपिट गरिएको देखिएको थियो ।

मोहम्मदी को हुन् ?
वर्षौँदेखि महिलाविरुद्धको दमनविरुद्ध सङ्घर्ष गरिरहेकी उनलाई नोबेल कमिटिले “स्वतन्त्रता सेनानी” भनेको छ । मानव अधिकारकर्मीको लामो परिचय बनाएकी उनले इरानमा मृत्युदण्ड अन्त्यका लागि पनि अभियान सञ्चालन गरिरकेकी छिन् ।

इरान विश्वमै सबैभन्दा धेरै मृत्युदण्ड दिइनेमध्येको देश हो । सन् २०१० यता करिब निरन्तरजसो जेलमै रहे पनि मोहम्मदी जेलभित्रैबाट दुर्व्यवहारहरूको खुलासा गर्न सफल भएकी छिन् ।

हाल ५१ वर्ष पुगेकी उनले अहिले ३१ वर्षको जेल सजाय भुक्तान गरिरहेकी छिन् । उनका श्रीमान् पनि राजीतिक अभियानकर्मी हुन् । उनीहरूका दुई सन्तानसहित उनी हाल प्यारिसमा बस्दै आएका छन् ।

इरानको सत्ताले उनलाई १३ पटकसम्म पक्राउ गरिसकेको छ । उनी पाँच पटकसम्म दोषी ठहर भएकी छन् । मोहम्मदीलाई सरकार विरुद्ध प्रोपागाण्डा फैलाएको लगायतका आरोप लगाइएको रोएटर्सले जनाएको छ ।

मोहम्मदीलाई ३१ वर्ष जेल सजाय तोकिएको छ भने १५४ पटक कोर्रा हान्ने आदेश दिइएको छ । अहिलेसम्म नोबेल पुरस्कार समितिले चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र साहित्य तर्फका विजेताको नाम घोषणा गरिसकेको छ ।

कोभिड-१९ विरुद्ध एमआरएनए खोप बनाउन बाटो खोलिदिने प्रविधि विकसित गर्ने काटालिन कारिको र ड्रू भाइस्मानले चिकित्साशास्त्रतर्फ उक्त सम्मानित पुरस्कार पाउने भएका हुन् ।

‘सूक्ष्म कालखण्ड’ पत्ता लगाउने प्रकाशसँग सम्बन्धित प्रयोगका लागि पिएर एगोस्टिनी, फेरेन्ट्स क्राउस र एन ल’हुलिएले भौतिक शास्त्रतर्फको पुरस्कार पाउने भएका हुन् ।

न्यानोटेक्नोलजीमा विशिष्ट योगदान पुर्‍याउने तीन वैज्ञानिक रसायनशास्त्रतर्फ पुरस्कृत हुने भएका हुन् । मूङ्गी बावेन्डी, लुई ब्रुस र अलेक्सी एकिमोभले ‘क्वान्टम डट’ को खोजी र संश्लेषण गरेको हुनाले उनीहरूलाई नोबेल पुरस्कार दिन लागिएको स्वीडनको रोयल अक्याडमी अफ साइन्सेजले जनाएको छ ।

“व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गर्ने” नर्वेली लेखक यून फोसा साहित्यतर्फ हुने पुरस्कृत हुने भएका हुन् ।

यसअघि कसले पाएका थिए ?
गत वर्ष अर्थात् २०२२ मा बेलारुसी मानव अधिकारकर्मी एलीयास बीलियाट्स्की र रुसी मानव अधिकार सङ्गठन मेमोरियल तथा युक्रेनी मानव अधिकार सङ्गठन सेन्टर फर सिभिल लिबर्टीजले शान्ति पुरस्कार पाएका थिए ।

२०२१ः पत्रकारद्वय मारिया रेसा र दिमित्री मुरातोभलाई फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिएकाले

२०२०ः संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई भोकमरी नियन्त्रण गर्न तथा शान्ति स्थापना गर्न सघाएकोमा

२०१९ः इथियोपियाका प्रधानमन्त्री एबी अहमद अलीलाई शान्ति र अन्तर्राष्ट्रिय सहकार्य स्थापना गर्न तथा छिमेकी एरिट्रियासँगको सीमा विवाद समाधान गर्न अग्रसरता लिएको हुनाले

२०१८ः डेनिस मूक्वेगे र नादिया मुरादलाई युद्ध र सशस्त्र द्वन्द्वमा यौन हिंसालाई अस्त्रका रूपमा प्रयोग गर्ने क्रम अन्त्य गराउने प्रयासका लागि

२०१७ः इन्टर्न्याश्नल क्याम्पेन टु अबोलिश न्यूक्लिअर वीपन्स (आईक्यान) लाई परमाणुअस्त्रको प्रयोगको प्रयोग हुँदा निम्तिन सक्ने विनाशकारी परिणामबारे चेतना फैलाउने काम गरेको तथा त्यस्ता अस्त्रलाई सन्धिमार्फत प्रतिबन्ध लगाउने प्रयास गरेको हुनाले

२०१६ः कोलम्बियाका राष्ट्रिपति हुआँ मानुएल सान्टोसलाई ५० वर्षे गृहयुद्ध अन्त्य गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले

२०१५ः न्याश्नल डाइलग क्वार्टेटलाई ट्यूनिशियामा २०११ मा भएको क्रान्तिपछि बहुलवादी प्रजातन्त्र स्थापना गराउन महत्त्वपूर्ण योगदान पुर्‍याएकाले

२०१४ः भारतका कैलाश सत्यार्थी र पाकिस्तानी किशोरी मलाला युसुफ्जाई बालबालिकाको दमनविरुद्ध तथा शिक्षा पाउने अधिकारका लागि सङ्घर्ष गरेकाले अमेरिकाका तात्कालिक राष्ट्रपति बाराक ओबामाले पनि सन् २००९ मा नोबल शान्ति पुरस्कार पाएका थिए ।

“अन्तर्राष्ट्रिय कूटनीति र मानिसहरूबीचको सहकार्यलाई सुदृढ पार्न अभूतपूर्व प्रयास गरेकाले” उनलाई नोबेल पुरस्कार दिइएको थियो । तर उनलाई पुरस्कार दिइएकोमा आलोचना पनि भएको थियो । किनभने नोबेल पुरस्कारका लागि मनोनयन गर्ने मिति सकिनु केही दिनअघि मात्र ओबामा अमेरिकाका राष्ट्रपति बनेका थिए ।

अन्य उल्लेख्य विजेताहरूमध्येमा जिमी कार्टर (सन् २००२), युरोपेली सङ्घ (सन् २०१२), संयुक्त राष्ट्रसङ्घ र त्यसका तात्कालिक महासचिव कोफी अन्नान (सन् २००१ मा संयुक्त रूपमा) र कोलकाताकी मदर टेरेसा (सन् १९७९) छन् । युसुफ्जाई अहिलेसम्म नोबेल पुरस्कार पाउने सबैभन्दा कान्छी व्यक्ति हुन् ।

कसले छान्छ विजेता ?
विभिन्न विधाका पुरस्कारका लागि शोध संस्थानका सदस्यहरू, विश्वविद्यालयका प्राध्यापकहरू, वैज्ञानिकहरू, पूर्वविजेताहरू र अन्यले मनोनयन गर्छन् । नोबेल फाउन्डेशनको नियमानुसार ५० वर्षसम्म अन्तिम छनोट सूची प्रकाशित गरिँदैन । कसैले आफैँलाई मनोनयन गर्न पाउँदैन ।

एउटा पुरस्कार बढीमा तीन जनाले पाउन सक्छन् । नोबेल फाउन्डेशनको नियमानुसार यदि कुनै विधामा त्यस वर्ष पुरस्कृत हुन कोही योग्य भएनन् भने पुरस्कार घोषणा हुँदैन र पुरस्कारको रकम अर्को वर्षका लागि राखिन्छ ।

कहाँ हुन्छ निर्णय ?
भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्टकहोम, स्वीडनमा प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ। त्यसको जिम्मा नर्वेको संसद्ले नियुक्त गर्ने पाँचसदस्यीय समितिले गर्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ ।

प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १० लाख स्वीडिश क्रोना (९,९०,००० अमेरिकी डलर) पाउँछन् ।

यदि एकभन्दा बढी विजेता भएमा उक्त रकम उनीहरूबीच भाग लगाइन्छ । उक्त रकम पाउनका लागि उनीहरूले एउटा मन्तव्य दिनुपर्छ । नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिन्छ । उक्त दिनमा अल्फ्रेड नोबेलको स्मृतिदिवस पर्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.