सोमबारदेखि दशैं लक्षित टिकट बुकिङ, अनलाइनबाटै गर्न सकिने
काठमाडौं । चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ भोलि सोमबारदेखि खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता ईश्वरी पनेरुले भोलिदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गर्ने जानकारी दिए ।
सार्वजनिक यातायात सेवा प्रदायकहरुले चाडपर्व लक्षित गरी यातायात सहजताका लागि टिकट बुकिङ खुला गरिने भएको हो । उहाँले यातायात व्यवसायीले अग्रिम टिकटका लागि यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाइने जानकारी दिए ।
यसका लागि यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ल्होत्से बहुउद्देश्य प्रा.लि., उपभोक्ता सम्बद्ध संस्थासँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने, गराउने र यात्रुले समेत सवारीमा मादक पदार्थ सेवन गरी यात्रा गर्न नहुने उनले बताए ।
उनका अनुसार सवारी चालकले यात्रुलाई खानारखाजा खुवाउने स्थानमा भीडभाड गर्न नहुने, अनधिकृत काउन्टर, परिचयपत्र, पोशाक नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्य पूर्णतयाः नियन्त्रण गर्ने, गराउने व्यवस्था मिलाइएको छ ।
मुख्य सडकलाई मर्मत, सम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन विभागले सम्बन्धित निकायलाई अनुरोध पनि गरेको छ । यस्तै, नेपाल यातायात व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार अब देशैभरमा अग्रिम टिकट बुकिङ खुला हुनेछ ।
उनले काठमाडौं नयाँ बसपार्क गोंगबुको टिकट काउण्टरमा पोशाक, परिचयपत्र सहितका व्यक्तिहरु यातायात सहजताका लागि खडा हुने बताए । यसका साथै हेल्प डेस्क पनि राखिने छ ।
सम्बन्धित समाचार
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

