साउदीमा मृत्युदण्डको पर्खाइमा तीन नेपाली
काठमाडौं । साउदी अरबमा तीन नेपाली मृत्युदण्डको पर्खाइमा रहेका छन् । साउदी जेलमा रहेका ४ सय ८० जना नेपालीमध्ये तीन जनालाई साउदीको अदालतबाट मृत्युदण्डको घोषणा भएर आएको रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीले जानकारी दिए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीको आयोजना र नेपाली दूतावास रियादको सहकार्यमा आयोजित ‘श्रमिक समस्या समाधानमा दूतावास र नेपाली सामुदायिक संस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रम सहचारी कार्कीले तीन नेपालीलाई अदालतबाट मृत्युदण्डको फैसला भएर दूतावासमा जानकारी आएको बताए ।
मृत्युदण्डको फैसला सुनाइएका नेपालीहरू कुन अपराधमा दोषी देखिएको र उनीहरूको नाम के के हो त्यो भने केही खुलाइएको छैन । गत वर्ष पनि दुई नेपालीलाई मृत्युदण्डको सजाय तोकेकोमा मृत्युदण्ड कार्यान्वयन भएको उनले बताए ।
उनका अनुसार हालसम्म थुनामा रहेकामध्ये ८० प्रतिशत नेपाली कामदार मदिरा बनाउने, बिक्री गर्ने, मदिराको व्यापारमा संलग्न भएको र ओसारपसारको आरोपमा पक्राउ गरेर जेलमा राखिएका छन् । दूतावासले जेलभित्र करिब ३० नेपालीसँग अन्तक्र्रिया गर्दा अधिकांश नेपालीकै कारण नै नेपालीहरू जेल पर्ने गरेको पाइएको उनले बताए ।
कतिपय साउदी पुगेको ६ महिनामै अरूको लहलहैमा लागेर जेल पर्ने गरेको पाइएको छ । साउदी नेपाली श्रमिकको लागि प्रमुख गन्तव्य देश हो । तर, यहाँको कानुन कडा छ । नियम कानुन’ थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदीमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् ।
साउदीमा रक्सी सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठुलो अपराध मानिन्छ । बिक्री वितरणको मात्राका आधारमा ६ महिनादेखि वर्षौंवर्षसम्म जेल सजाय हुन सक्ने तथा जरिमाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन पनि दूतावासले त्यहाँ रहेका नेपाली समुदायलाई आग्रह गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

