इजरायलमा समर्कबिहिन बनेका कञ्चनपुरका विपिन सम्पर्कमा आए
कैलाली । प्यालेस्टानी विद्रोही समूह (हमासको) आक्रमणबाट इजरायलमा बेपत्ता भएको भनिएका विपिन जोशी सम्पर्कमा आएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका -३ का जोशी अहिले अस्पतालमा उपचाररत रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
विपिन गत भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा उनी इजरायल पुगेका हुन् । शनिबारदेखि बेपत्ता रहेका उनी आज सम्पर्कमा आएका बताईएको छ । इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि जोशीको परिवार चिन्तामा डुबेको थियो ।
सम्पर्क बिहिन रहेका विपिनका बुवा महानन्द जोशीले सामाजिक संजाल फेसबुकमा भाबुक स्टाटस लेख्दै भनेका थिए छोराको स-कुशलका लागि भागवनसँग कामना गर्दै नेपाल सरकार र इजरायलमा रहेको नेपाली दूतावासलाई छोराको खोजी कार्य गरि सम्पर्कमा ल्याउन आग्रह समेत गरेका थिए ।
उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। अन्य ४ जना घाइते भएका छन् । दुई जना भने सकुसल छन् । उनीहरू सबै जना सूदुरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरू हुन् ।
सम्बन्धित समाचार
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
