Jankari Kendra
१९ श्रावण २०८३, मंगलवार
Worldlink

देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, आश्विन, २८
देशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालको पूर्वी भागमा कायम रहेको मनसुनी वायुको आंशिक प्रभावका कारण आज देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।आज पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स