Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

दशैँ नजिकिए संगै तोलामा २९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, २८
दशैँ नजिकिए संगै तोलामा २९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ । शुक्रबार प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २९ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रति तोलामा २८ सय ५० रुपैयाँले बढेर १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य ९६ हजार ८ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मूल्य ९६ हजार ४ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ कायम रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स