राजधानीमा आजदेखि पाँचदिने कला उत्सव
काठमाडौं । काठमाडौंमा आजदेखि पाँचदिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिबल) सुरु हुँदैछ । कुल ३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा विदेशी ३० सहित झण्डै दुई सय कलाकारको प्रत्यक्ष सहभागिता रहने कार्यक्रम संयोजक एनबी गुरुङले जानकारी दिए । नेपाल कला परिषद्मा महोत्सव उद्घाटन हुनेछ ।
कला महोत्सवमा सहभागी हुन बेलायत, म्यान्मार, थाइल्यान्ड, बङ्गलादेश, भारत, अस्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आइसकेका छन् । सहभागी गराइएका तीन सय ४० कलासिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सिर्जना छन् ।
अन्तर्राष्ट्रिय जलरङ समाज (आईडब्लूएस) नेपालको आयोजनामा हुन लागेको कला महोत्सव २० मंसिरसम्म चल्नेछ । उद्घाटनपछि परिषद्मा विदेशी कलाकारको सहभागितामा कला डेमोन्स्ट्रेसन हुने र त्यसबाट सिकाइ आदानप्रदान हुने समाजका अध्यक्ष एवं महोत्सव संयोजक गुरुङले बताए ।
महोत्सवबारे शुक्रबार पत्रकारलाई जानकारी दिँदै संयोजक गुरुङले कला पारखीलाई शनिबारदेखि हुने कार्यक्रममा सहभागिताका लागि अनुरोध पनि गरे ।
झण्डै १३ देखि १४ लाख खर्च हुने अनुमान गरिएको जलरङ महोत्सवअन्तर्गत काठमाडौं, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशालासमेत हुने तथा कलाकारलाई नगरकोट लगेर सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गराई कला सिर्जना गराइने उनले बताए ।
यसखालको कार्यक्रममा नेपाली कलाकारले विदेशको र विदेशका कलाकारले नेपालको कला सिर्जनासम्बन्धी प्रविधि तथा ज्ञान चिन्न र जान्न सकिने समाजका सदस्य डिबी राईले बताए । यसपालि कलाकारलाई सम्मान तथा पुरस्कारकोसमेत व्यवस्था गरिएको छ ।
धेरै कलाकारले काठमाडौंको सम्पदा क्षेत्रका चित्र जलरङबाट सिर्जना गर्ने भएकाले नेपालको पहिचान विश्वसामु पुर्याउन पस्किन पाइने र पर्यटन प्रवर्द्धनमा पनि ठूलो सहयोग पुग्ने विश्वास गरिएको समाजका वरिष्ठ उपाध्यक्ष दिराम पाल्पालीले बताए । यसअघि समाजले महोत्सवकै रूपमा लुम्बिनी, पोखरा, काठमाडौंलगायत विभन्नि क्षेत्रमा यसैगरी कला महोत्सव गरिसकेको छ ।
सम्बन्धित समाचार
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

