Jankari Kendra
२६ आश्विन २०८३, सोमबार

प्रजिस्मा श्रेष्ठलाई दक्षिण एसिया कराते च्याम्प्यिनसिपमा स्वर्ण पदक

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, मंसिर, १६
प्रजिस्मा श्रेष्ठलाई दक्षिण एसिया कराते च्याम्प्यिनसिपमा स्वर्ण पदक

काठमाडौं । नेपाल कराते महासंघको व्यवस्थापनमा भएको सातौं दक्षिण एसिया कराते च्याम्प्यिनसिपमा नेपालका लागी प्रजिस्मा श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

चितवनकी प्रजिस्मा श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै नेपाललाई पहिलो स्वर्ण पदक जिताउन सफल भएकी हुन् । उनले ४५ केजी मुनिको समुहबाट प्रतिस्पर्धा गर्दै उक्त पदक जित्न सफल भएकी हुन् ।

दक्षिण एसियाली कराते महासंघ (एसएकेएफ) को आयोजना, एसियाली कराते महासंघको स्वकृती र विश्व कराते महासंघको मान्यता प्राप्त च्याम्पियनसिप शनिबार र आइतबार (२०८० मंसिर १६ र १७ गते) दुई दिनसम्म त्रिपुरेश्वरस्थित कभर्ड हलमा भइरहेको छ ।

प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका ६ राष्ट्रका महिलातर्फ १ सय ३ र पुरुषतर्फ १ सय ३४ गरि २ सय ३७ जना खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

Top Changing Nepal

युट्युब सट्स