उमेर पुगेकी छोरीको विवाहकै दिन ३० हजारको चेक
रौतहट । रौतहटको मौलापुर नगरपालिकामा असहायसँग मेयर कार्यक्रम लोकप्रिय बनेको छ । केही दिन अघि मौलापुर नगरपालिका ६ पथराका विजय गिरीको छोरीको विवाहमा सहभागी भई मेयर रिना कुमारी साहले विवाह मण्डपमै सहयोग रकम ३० हजार रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।
नगरका सम्पूर्ण विपन्न परिवारको २० वर्ष उमेर पुगेका छोरीको विवाहमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मेयर साहले विवाहभन्दा एक हप्ता अगाडी विवाहको कार्डसहितको फाइल पेस गर्न आग्रह गरिन् । नियम पूरा गरेका फाइलकै आधारमा विवाहकै दिन बेहुलीको घरमै अनुदान रकमको चेक उपलब्ध गराउने उनले जानकारी दिइन् ।
महिला मेयर रिना कुमारी साहको योजना र सक्रियताले नगरवासी माझ असहायसँग मेयर कार्यक्रम लोकप्रिय बनेको हो । असहायसँग मेयर कार्यक्रम अन्तर्गत मौलापुर नगरपालिकामा छोरीको बिहेको लागि आर्थिक वर्ष २०७९/०८० मा ५० परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
वि.सं. २०७९ सालको स्थानीय निर्वाचनमा दोश्रो पटक मौलापुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएकी साहलाइ निर्वाचन आयोगको गत असोज २९ गतेको निर्णय एवम् ३० गतेको सूचनाबाट मेयर पद रिक्त भएको सूचना निकालेको थियो । मेयर साहले सर्वोच्च अदालतको गत कार्तिक २४ को फैसला बमोजिम गत ५ गते पुनः कार्यभार सम्हालेकी हुन्।
सम्बन्धित समाचार
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
