Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, मंसिर, २०
कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला एक लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स