सिरहामा लागुऔषधसहित एक पुरुष पक्राउ
जानकारी केन्द्र
२०८०, मंसिर, २२
सिरहा । सिरहामा लागुऔषधसहित एक पुरुष पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा धनुषा र प्रहरी चौकी लाहानबाट खटिएको प्रहरीको संयुक्त टोलीले सिरहाको बरियापट्टी गाउँपालिका १ का ४६ वर्षीय ग्रिस प्रसाद यादवलाई बिहिबार खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
यादवलाई लहानको मखन होटलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनको साथबाट प्लाष्टिकसहित ५१ ग्राम ९०० मिलिग्राम र प्लाष्टिक बाहेक ४९ ग्राम ९०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
साथै यादवको साथबाट स ७ प ५९७ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रहरीको भनाइ छ । बरामद लागुऔषध, मोटरसाइकल र यादवमाथि इलाका प्रहरी कार्यालय लहानबाट थप अनुसन्धान भइरहेको जिप्रका सिरहाले जनाएको छ ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

