वडा अध्यक्ष होटलबाट अर्धनग्न अवस्थामा रंगेहात पक्राउ
धरान । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष केशव गौतम एक महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा होटलबाट रंगेहात पक्राउ परेका छन् । शनिबार दिउँसो धरान १२ को शुभकामना होटलबाट गौतमलाई रंगेहात पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
गौतमसँग अनैतिक सम्बन्ध राख्ने महिलाका श्रीमानले शङ्का लागेर केही महिनादेखि नै श्रीमतीको फलो गर्दै होटलसम्म पुगेका थिए । उनकै सूचनाको आधारमा प्रहरीले वडा अध्यक्ष गौतमलाई शनिबार दिउँसो ३ बजे पक्राउ गरेको हो ।
नेकपा (एमाले) सुनसरी जिल्ला कमिटीका सदस्य समेत रहेका गौतम २०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका हुन् । त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा समेत उनी वडा अध्यक्ष निर्वाचित भएका थिए । यो उनको दोस्रो कार्यकाल हो ।
पक्राउ परेकी श्रीमतीका श्रीमान् र वडाध्यक्ष बिच घनिष्ठ सम्बन्ध रहेको र महिला सामान्य गृहिणी नै रहेको स्रोतको भनाई छ । हाल वडाध्यक्ष प्रहरी हिरासतमा नै रहेको आइतबार छलफल हुने बताइएको छ ।
सम्बन्धित समाचार
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

