एमाले नेतृत्वको सरकारबाट मात्रै सुशासन र समृद्धि सम्भव छः केपी ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एकल बहुमतको सरकार नबनेसम्म देश विकास हुन नसक्ने बताएका छन् । आज (शनिबार) झुलाघाट—चिवाभञ्ज्याङ यात्राका क्रममा पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै उनले एकल बहुमतको सरकार नबनेसम्म राजनीतिक अन्यौलता र अराजकता बढिरहने बताएका हुन् ।
अहिले राजनीतिक अन्यौलता र अराजकता बढेको छ । अब एकल बहुमतको सरकार नबनेसम्म देशको विकास हुन सक्दैन,’– ओलीले भने । साथै, आगामी ०८४ सालको निर्वाचनमा एमालेले एकल बहुमत ल्याएर बलियो सरकार निर्माण गर्ने र देश विकास, सुशासन र सामाजिक न्यायको पक्षमा काम गर्ने उनले बताए । साथै, देश विकासका लागि सरकारले शान्तिको प्रत्याभूति दिलाउन सक्नुपर्ने उनले बताए । अहिलेको सरकार जनतालाई शान्ति र सुरक्षाको प्रत्याभूति दिलाउने कर्तब्यबाट चुकेको उनले बताए ।
विदेशीको अगाडि बोल्न नसक्ने कम्फर्टेबल सरकार नेपाल र नेपालीका लागि हितकर नरहेको उनले सुनाए । साथै, एमालेले सरकार छाडको २ वर्षमै देश कङ्गाल बन्न लागेको र अर्थतन्त्र डामाडोल बनेको उनको भनाई छ । एमालेले देश बनाउने संकल्पसहित अभियानको थालनी गरेको समेत उनले बताए ।
देशको विकास अरुको भलाइका लागि नभएर देश र जनताको भलाइका लागि हुनुपर्ने उनले बताए । उनले सबै नेपाली एकतावद्ध भएर, उत्पानदन, उत्पादकत्व र विकासका काममा लाग्न आवश्यक रहेको बताए । देशको विकास, सुशासन, समृद्धि एमालेको नेतृत्वमा मात्रै सम्भव भएको उनले बताए ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

