बसको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते
जानकारी केन्द्र
२०८०, पुष, २
महेन्द्रनगर । कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर स्थित पुर्ब पश्चिम राजमार्गमा म १ ख ९३५ नम्बरको बसले सुदुरपश्चिम प्रदेश ०१-००९ प १२०७ नम्बरको मोटरसाईकललाई आइतवार बिहान ठक्कर दिएको हो ।
बसको ठक्करबाट मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक शिवराज अवस्थी (मृतकका श्रीमान) र १३ वर्षका बालकृष्ण अवस्थी उपचार पश्चात डिस्चार्ज भएका छन् । बस र बस चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
सम्बन्धित समाचार
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

