झापाबाट काठमाडौं आउँदै गरेको बस बारामा ट्रकसँग ठोक्किंदा चालकसहित ३ जनाको मृत्यु
जानकारी केन्द्र
२०८०, पुष, ४
काठमाडौं । झापाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस बारामा दुर्घटनामा परेको छ।
बस र ट्रक अमलेखगञ्जनजिकै तीन नम्बर पुलमा गए राति करिब २ बजे ठक्कर खाँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर ट्रक चालक तनहुँ पिपलटारका २८ वर्षीय पूर्ण गुरूङ, बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ का ४० वर्षीय हरि शम्शेर सुयाल र करिब ३५ वर्षीय एक पुरूषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो।
झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३९००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान पुलमा जुधेका थिए ।
घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
