बारामा मोटरसाइकल दुर्घटना, दुई जनाको निधन
जानकारी केन्द्र
२०८०, पुष, ७
बारा । बाराको प्रसौनी गाउँपालिका २ स्थित दुधौरा पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको दुर्घटनामा दुई जनाको निधन भएको हो ।
कलैया उपमहानगरपालिका १३ बलिरामपुरका २३ वर्षीय कुन्दन मेहता र कलैया उपमहानगरपालिका १२ शितलपुरका २२ वर्षीय अभिमनु कुशवाहाको मृत्यु भएको हो । कुन्दन वडाध्यक्ष राजेश मेहताका छोरा हुन् ।
कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको म प्र ०३-०३० प ४३९८ नम्बरको मोटरसाइकल करिब १२ बजे पुलमा ठोक्किएर दुर्घटना भएको बारा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कुन्दनको एलएस न्युरो अस्पताल र अभिमनुको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

