बाजुरा । बाजुरामा मिलको सापटमा दोपट्टा बेरिएर एक बालिकाको मृत्यु भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका ८ देउलिसैनका लोकेन्द्र रावलको ५ वर्षीया छोरी आँचल रावलको आइतबार साँझ मृत्यु भएको हो ।
सोही ठाँउमा भरत नेपालीले सञ्चालन गरेको मिलको पछाडीको सापटमा बालिकाको दोपट्टा बेरिएर टाउकोमा चोट लाग्दा उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


