काठमाडौँ । काभ्रेमा कोठाभित्र गुम्सिएर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । कोठाभित्र गुम्सिएर काभ्रेको नमोबुद्ध नगरपालिका– १ का पूर्ववडा अध्यक्ष कर्मा ग्याल्बो लामाको मृत्यु भएको र उनकी श्रीमती असनी लामा घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको हिटर र कोइला तापेर सुत्दा निस्सासिएर मृत्यु भएको प्रहरीको भनाइ छ । लामाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
सोमबार बेलुका खाना खाएर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि छोराबुहारीले ढोका खोली हेर्दा बेहोस अवस्थामा भेटिएका थिए। त्यसपछि उनीहरूलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।
लामाकी श्रीमतीको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।