छुट्टाछुट्टै स्थानबाट चारजना मृत अवस्थामा फेला
काठमाडौँ । छुट्टाछुट्टै स्थानबाट चारजना मृत अवस्थामा फेला परेका छन् । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिब्रुङ बस्ने ढक बहादुर तामाङकी छोरी १५ वर्षीया रितुमाया तामाङ सोही ठाउँस्थित छिलिम भिरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । गत बुधबार दिउँसोदेखि घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–२ पाखाथोकस्थित आफ्नै जस्ताको टहरामा ३० वर्षीया सम्झना सापकोटा गएराति मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी काठमाडौं महानगरपालिका–१२ टेकुस्थित फोहोर मैलाको पुलमुनि हाल पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हो ।
बर्दियाको बारबर्दिया नगरपालिका–१० स्थित तुलानाथ सामुदायिक वनमा हाल पहिचान नखुलेकी अन्दाजी ५५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
