रौतहटको चन्द्रपुरमा ट्रकले दियो ठक्कर, एक पुरुषको निधन
रौतहट । चन्द्रपुरमा पुस १० गते बिहान करिव ४ बजे पहिचान नखुलेको एक पुरुषको ट्रकको ठक्करबाट ज्यान गएको छ । चन्द्रपुर २ स्थित पुर्व पश्चिम लोकमार्ग अन्तर्गत पर्ने पौराई जंगल सडक खण्डमा एक मृत पुरुषको शव भेटिएको हो ।
हेर्दा पहाडी मुलको जस्तो देखिने पातलो शरिर, उचाई ५ फिट ६ ईन्च, निलो खैरो रंगको बुट्टा भएको सर्ट भित्र निलो आकासे रंगको टिसर्ट, खरानी रंगको जिन्स पैन्ट भित्र निलो रंगको कट्टु लगाएको, पाइन्टमा निलो रंगको कपडाको बेल्ट लगाएको, दुवै खुट्टामा हरियो रंगको स्पोर्ट जुत्ता लगाएको, कपाल कालो छोटो, निधारको भागमा कपाल नरही तालु खुईले रहेको, ठिक्कको कालो दाह्री जुंगा भएको, अन्दाजी ३५र४० बर्षको पुरुष व्यक्तीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकले ठक्कर दिई मृत्यु भएको मृतकको सनाखतको लागि प्रादेशिक अस्पताल रौतहट गौरको शव गृहमा राखिएकोले चिन्नु हुने व्यक्तिले इलाका प्रहरी कार्यालय चन्द्रपुरको ९८५५०९०१६६ र ९८५५०१५२१३ मा सम्पर्क गरी वा आवश्यक कागजात सहित उपस्थित भई सनाखत गरी सहयोग गर्नु हुन अनुरोध गरेको इलाका प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
