गाम्फा धुरी ओझेलमा
म्याग्दी । पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मङ्गला गाउँपालिका–४ र बाग्लुुङको ताराखोला गाउँपालिका–३ को सिमानामा रहेको गाम्फा धुरी ओझेलमा परेको छ । हिमाल र पहाडी भूूगोलका साथै सूर्योदयको अवलोकन गर्न उपयुुक्त स्थान भए पनि पूूर्वाधार र प्रचारप्रसारको कमीले गाम्फाधुरीमा पर्यटक भित्रन नसकेका हुन् ।
पूर्वी रुकुमको चुरेनदेखि गुर्जा, धवलागिरि, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छे हुँदै गोर्खामा रहेका मनास्लुसहितका २० भन्दाबढी हिमशृङ्खला अवलोकन गर्न सकिने गाम्फाधुरी सुनसान छ । म्याग्दी, बागलुङ, पर्वत र कास्की जिल्लाकासमेत अधिकांश ग्रामीण बस्ती देख्न सकिने गाम्फाधुरीमा स्वामी परमानन्द महाराजले तपस्या गर्नेक्रममा बनाएको कुटी, साधनास्थल र हवनकुण्डको भग्नावशेष देख्न सकिने मङ्गला गाउँपालिका–४ का वडा सदस्य होममाया पुनले बताए ।
“व्यवस्थित पदमार्ग, खाने, बस्ने सुविधा, खानेपानी, विद्युत् सुुविधाविहीन गाम्फाधुरीको सौन्दर्य र विशेषता स्थानीयस्तरमा सीमित हुुँदा ओझेल परेको हो”, उनले भने, “घना जङ्गलको बीचमा रहेको अग्लो पहाडको टुप्पो, गाम्फा धुरीको सौन्दर्यको वर्णन गरिसाध्य छैन ।” गाम्फाधुरीमा परापूर्वकालमा स्वर्गद्वारीबाट आएका १००८ स्वामी परमानन्द महाराजले तपस्या गरेका थिए । बस्तीदेखि टाढा रहेको गाम्फाधुुरीमा तपस्वीले ढुङ्गा खोपेर पानी सङ्कलन गर्न बनाएको संरचना छ ।
तपोभूमि क्षेत्रका ऐतिहासिक संरचनाको दृश्यावलोकन र प्राकृतिक सुन्दरताले मोहित बनाउने बेनीका अमित विश्वकर्माले बताए । “सूर्योदय र सूर्यास्तको सुन्दर दृश्यले मोहित बनायो”, उनले भने, “यस क्षेत्रको जङ्गलमा विभिन्न प्रजातिका लालीगुराँस, वनस्पति, विभिन्न चराचुरुङ्गी र जनावर पनि अवलोकन गर्न पाइन्छ ।”
गाम्फाधुरीमा पूर्वाधार निर्माण, आध्यात्मिक र धार्मिक क्षेत्रको विकास गर्न, ऐतिहासिक तपोभूमिको संरक्षण तथा प्रवद्र्धनमा जनप्रतिनिधिले चासो देखाएका छन् । मङ्गला गाउँपालिका–४ का वडाध्यक्ष लालबहादुर रोकाले ऐतिहासिक तपोभूमिको संरक्षण, पूर्वाधार निर्माण र प्रवद्र्धन गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न वडाले पहल थालेको बताए ।
“गाम्फाधुरी प्राकृतिक सुन्दरतासँगै ऐतिहासिकस्थल हो”, उनले भने, “यहाँ भग्नावशेषमा परिणत भएका संरचनाको संरक्षण, पूर्वाधार निर्माण र प्रवद्र्धन गरेर तपस्वी, भक्तजन र पर्यटक भित्र्याउन सकिन्छ ।”
विसं २०१७ देखि २०२७ सम्म गाम्फाधुरी बस्नुभएका स्वामी परमानन्दबाट स्थानीय छविप्रसाद शाहनन्द लामिछाने र खड्कप्रसाद रोकाले पनि शिक्षा प्राप्त गरेका थिए । उनले २०१८ सालमा सोही वडाको दुर्दिमा शिवालय मन्दिर स्थापना गरेका थिए । तपोभूमि क्षेत्रमा मन्दिर, स्वामी परमानन्दसहित उनका चेलाहरू छविप्रसाद र खड्कप्रसादको मूर्ति बनाउने वडा कार्यालयको योजना छ ।
“गाम्फाधुरीलाई धार्मिक र पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सडक निर्माण, खानेपानी, पदमार्ग निर्माण, तपोभूमिमा पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि गाउँपालिका, प्रदेश र सङ्घ सरकारका सम्बन्धित कार्यालयसमक्ष बजेटको माग गरेका छौँ”, वडाअध्यक्ष रोकाले भने ।
गाउँपालिकाका सब–इञ्जिनियर धनबहादुर बोहराले तपोभूमि क्षेत्रको संरक्षण, गाम्फाधुरीसम्म पूर्वाधार निर्माण, सडक र पदमार्ग निर्माणका लागि ठूलो रकम आवश्यकपर्ने बताए । गाम्फाधुरीमा पूर्वाधार निर्माणका लागि प्रदेश तथा सङ्घ सरकारसँग बजेटको माग गर्नलाई हाल वडा कार्यालयले सर्वेक्षण गरेको उनले बताए ।
म्याग्दीको सदरमुकाम बेनीबाट तातोपानी हुँदै मङ्गला–४ बुकेनीमा सवारी साधनमार्फत एक घण्टाको यात्रा र बुकेनीबाट करिब साढे तीन घण्टाको पैदलयात्रामार्फत गाम्फाधुरी पुग्न सकिन्छ । त्यस्तै मङ्गला–३ को झाँक्रीपानी भएर पनि उक्त स्थानमा पुग्न सकिन्छ ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

