सांसद राईको आक्रोश: गृह चलाउन सक्नुभएन, मन्त्रीज्यू राजीनामा दिनुस्
काठमाडौं । गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाप्रति सांसदहरुले आपत्ति जनाउँदै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।
सोमबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद राईले गृहमन्त्री श्रेष्ठलाई तत्कालै राजीनामा दिए आग्रह गरेका हुन् ।
‘मन्त्रीज्यू राजीनामा दिनुस्। युवालाई ताकीताकी गोली हान्ने ? ठाउको ठाउँ गोली हान्न मिल्छ । गृह चलाउन सक्नुभएन । मान्छे मार्न पाइन्छ ? मान्छे मार्न पाइँदैन’ उनले भने ।
उनले साधन स्रोत छैन भनेर मान्छे मार्ने भनेर पनि प्रश्न गरे ।
उनले प्रकरणमा तल्लो तहका सुरक्षाकर्मीलाई कारबाही गर्ने कुरामा पनि उनले प्रश्न उठाए । ‘मन्त्रीले हिँड भनेपछि पीएसओ हिन्छ । तलकोलाई कारबाही गर्ने ? माथिकोलाई कारबाही गर्नुस् । राजीनामा दिनुस् खुरुक्क’ उनले भने ।
गएको शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शन र झडपका क्रममा दुई युवकको मृत्यु भएको थियो।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

