सन् २०२३ प्यालेस्टिनीका लागि सन् १९४८ पछिको सबैभन्दा घातक वर्ष
रामल्लाह । प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । विभागका अनुसार सन् २०२३ मा २२ हजार ४०४ प्यालेस्टिनीको मृत्यु भएको छ ।
अक्टोबर ७ मा इजरायल र गाजाको सत्तारुढ हमासबीच द्वन्द्व सुरु भएयता प्यालेष्टिनी २२ हजार १४१ जनाको मृत्यु भएको र इजरायली आक्रमणमा भएका मृत्युमध्ये ९८ प्रतिशत मृत्यु गाजामा भएको छ ।
गाजामा अहिलेसम्म करिब नौ हजार बालबालिका र छ हजार ४५० महिलाको मृत्यु भएको छ भने अक्टोबर ७ यता वेस्ट बैंकमा ३१९ प्यालेस्टिनी मारिएका छन् ।
प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले आफ्ना जनता आफ्नो भूमिबाट विस्थापित भएको स्वीकार नगर्ने बताएका छन् ।
फताह आन्दोलनको स्थापनाको ५९ औँ वर्षगाँठको अवसरमा जारी वक्तव्यमा अब्बासले प्यालेस्टाइनी प्राधिकरणले आफ्नो एक इन्च पनि भूभाग नछोड्ने र गाजाप्रतिको आफ्नो जिम्मेवारीबाट पछि नहट्ने बताएका छन् ।
अब्बासले सैन्य समाधानले कसैलाई शान्ति वा सुरक्षा प्रदान गर्नुको साटो यस क्षेत्र र बाँकी विश्वलाई अस्थिर बनाउने बताएका छन् । उनले प्यालेस्टाइनको स्वतन्त्रता र स्वतन्त्रताको अधिकारलाई मान्यता दिने अन्तर्राष्ट्रिय कानून र प्रस्तावहरूमा आधारित राजनीतिक समाधानको लागि आह्वान गरेका छन् ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

