• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • १७ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • १८ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २० घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • २१ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • २३ घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • २४ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • १ दिन 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • २. नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

  • ३. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ४. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • ५. नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

  • ६. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

  • ७. बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना

  • ८. मे महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् मासिक राशिफल

  • ९. फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

  • १०. देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

अङ्ग्रेजी नयाँ वर्षमा भक्तपुरका पर्यटकीयस्थलमा चहलपहल

जानकारी केन्द्र २०८०, पुष, १६

भक्तपुर । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन भक्तपुरका प्रमुख पर्यटकीयस्थलमा चहलपहल देखिएको छ । नगरकोटदेखि रानीकोटसम्मका होटल बाह्य तथा आन्तरिक पर्यटकले भरिभराउ छन् । पर्यटक खचाखच भएपछि यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन्।

कोरोना महामारीले थलिएको पर्यटन व्यवसाय आन्तरिक पर्यटकको आगमन बढेपछि लयमा फर्किएको छ । अङ्ग्रेजी नयाँ वर्र्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटक नगरकोट पुगका छन् । आइतबार राति बास बसेर आज बिहान सूर्योदयसँगै हिमाली दृश्य हेर्ने पर्यटकको आगमन नगरकोटमा बाक्लो थियो ।

लामो समय ओरालो लागेको पर्यटन व्यवसायमा दुई वर्षयता चहलपहल बढेको र यस वर्षको अङ्ग्रेजी नयाँ वर्षमा भने पर्यटकीय चाप बढ्दा व्यवसायीमा उमङ्ग थपेको नगरकोट बेस क्याम्प रिसोर्टका सञ्चालक अशोक थापा बताउँछन् ।

उनले भने, “विदेशी पर्यटकको चाप पनि बढ्दै गएको छ, स्वदेशी पर्यटकको चाप ह्वात्तै बढेको छ ।” सामान्यदेखि तारे होटलमा नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटकको चाप निकै बढेपछि व्यवसायी उत्साहित भएका छन् ।

स्वदेशी पर्यटकको आगमनले नगरकोट होटल भरिएका होटल मेरीगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछाने बताउँछन् । उनले भने, “कोरोनापछि पहिलोपटक यतिधेरै पर्यटक आएका छन् ।”

चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं नगरकोट नाल्दुम पर्यटन व्यवसायी सङ्घका पूर्वसचिव धनबहादुर लामाले नयाँ वर्षमा आन्तरिक पर्यटक नै बढी मात्रामा घुम्न आएका बताए । उनले भने, “एकसाता अगाडिदेखि होटल बुक भएका थिए, कोठा नै नपाउने अवस्था आयो, नेपालीमा पनि घर बाहिर पारिवारिक रमाइलो गर्ने परम्परा बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छौँ ।”

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी नगरपालिकाले २०८२ सालमा नगरकोट भ्रमण वर्ष मनाउन लागेको बताए । त्यसका लागि नगरपालिकाले आवश्यक पूर्वाधार निर्माणमा यस वर्ष एक करोड बजेट विनियोजन गरेको बताए । उनले नगरकोटदेखि चाँगुनारायण मन्दिरको प्रचारप्रसार गर्न भ्रमण वर्ष मनाउन लागिएको बताए ।

सूर्यविनायक नगरपालिका–७ गुण्डु र वडा नं ८ सिपाडोलको संगमस्थल रानीकोट र घ्याम्पेडाँडाका सबै होटल आन्तरिक पर्यटकले भरिएका छन् । यहाँ पर्यटकले रातभरि नाचगान गरी नयाँ वर्ष मनाएको होटल व्यवसायी रामसुन्दर बकेक्ले बताए । नयाँ वर्षका लागि आफ्नो होटल सात दिन अघि नै बुक भएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

ताजा

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.