गण्डक नहरमा भारतीय युवकको शव फेला
वीरगंज । धोबनी गाउँपालिकास्थित गण्डक नहरको पुलमा लडेर आइतबार राति एक जना भारतीय युवकको मृत्यु भएको छ । भारत बिहार पश्चिमी चम्पारण चनपटिया निवासी ३० वर्षीय भुलाई रामको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ ।
भारतीय नम्बरको बीआर २२ बीबी ९४१६ को मोटरसाइकल पूर्वबाट पश्चिम साइफन भन्ने सहायक नहरको पुलबाट लडेर रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो राति नहरमा डुबेर मृत्यु भएका राम चढेको मोटरसाइकल नहरको पानी माथि तैरिरहेको अवस्थामा सोमबार बिहान भिखमपुरका युवकहरूले देखेर प्रहरीलाई खबर गरेका थिए ।
साइफन भन्ने सहायक नहरमा पानीको मात्रा बढी हुन्छ । प्रहरीले मोटरबोटको प्रयोगबाट मोटरसाइकल रहेको स्थानदेखि केही पर पानीमा रामको शव बरामद गरेको छ । राम हिजो पर्सा जिल्ला जगरनाथपुर गापा २ लक्ष्मीपुरस्थित ससुराली आएका थिए ।
बेलुका खाजा खान भनेर ससुरालीबाट बाहिरिएका उनी सोमबार बिहान मृत फेला परेका हुन् । प्रहरीले प्रारम्भिक अनुसन्धानमा मदिरा सेवन गरी सवारी दुर्घटनाबाट रामको मृत्यु भएको जनाएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
