• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • १७ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • १८ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २० घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • २१ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • २३ घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • २४ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • १ दिन 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • १ दिन 

लोकप्रिय समाचार

  • १. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • २. नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

  • ३. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ४. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • ५. नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

  • ६. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

  • ७. बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना

  • ८. मे महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् मासिक राशिफल

  • ९. फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

  • १०. देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

चाकुको बास्नाले सुगन्धित ‘टोखाबजार’

जानकारी केन्द्र २०८०, पुष, २०

काठमाडौँ । माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकुको बास्ना आउन थालेको छ । विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन बढी छ ।

टोखा नेवार समुदायको मुख्य बस्ती रहेको सहर हो । यो सहरमा काठमाडौँका अन्यत्रको तुलनामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्छ । माघे सङ्क्रान्ति पर्व आउन दश दिन बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ देखिन्छ ।

टोखा नगरपालिका वडा नं २ र ३ मा चाकु उत्पादन गर्ने १४ उद्योग छन् । ती उद्योग वरिपरी यतिबेला मानिसहरुको चहलपहल पनि बढेको देखिएको छ । टोखाबासी मात्रै नभइ काठमाडौँका अधिकांश पसलेले पनि यहीँबाट चाकु लगी बिक्री गर्ने भएकाले उनीहरुको पनि बाक्लो उपस्थिती देखिन थालेको छ । अहिले नै चाकु किन्ने नभइ खरिदका लागि ‘बुकिङ’ गर्न उनीहरु त्यहाँ पुगेका पाइएको छ ।

टोखाको चाकु काठमाडौँका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ । टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठ मङ्सिर र पुसमा यहाँका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ हुने गरेको बताउँछन् । “टोखाका चाकु उद्योगीहरुले वार्षिक २५ देखि ३० लाख मूल्य बराबरको चाकु र उखुबाट बन्ने विभिन्न परिकारहरु बिक्रीवितरण गर्दै आएका छन्”, उनले भने ।

नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनका लागि प्रसिद्ध ठाउँ हो । अध्यक्ष श्रेष्ठ टोखामा परम्परादेखि नै उखुखेती हुने र उक्त उखुबाट चाकुलगायत विभिन्न परिकार बनाइने भएकाले पनि टोखाको चाकुको महत्व देश र विदेशमा रहेको बताउँछन् ।

नेवारी भाषामा ‘टु’ र ‘ख्यः’ भन्दाभन्दै उक्त शब्द अपभ्रंश हुँदै ‘टोखा’ हुन गएको मानिन्छ । टोखा नगरपालिकाको नामकरणसमेत टोखा बजारबाट भएको हो । टोखा नगरपालिकाले समेत टोखाको चाकु संरक्षणमा काम गरिरहेको छ । टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारी टोखाको चाकु संरक्षणका लागि टोखाले चाकु उत्पादनसम्बन्धी तालिम तथा उखु क्षेत्रको भ्रमणसमेत गरेको बताउँछन् । टोखा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा टोखाको चाकु अन्तर्राष्ट्रिय स्तरमा ‘ब्रान्डिङ’ गर्ने घोषणा गरेको उनको भनाइ छ ।

अहिले टोखामा उखुखेती हराउँदै गएको छ । टोखामा उत्पादन हुने चाकुका लागि आवश्यक पर्ने सख्खर तराईका विभिन्न जिल्ला र गुल्मीबाट आउने गरेको छ । टोखाको चाकु संरक्षणका लागि टोखा परम्परागत चाकु संरक्षण समाजले नगरपालिकाबाट दिएको दुई लाख ५० हजार अनुदानले तराई र गुल्मीको उखु निरीक्षणका लागि खर्च गरेको समाजका अध्यक्ष श्रेष्ठले बताए । सो समाजले गुल्मीको छत्रबास गाउँपालिकासँग भगिनी सम्बन्धसमेत स्थापित गरेको छ । गुल्मीको छत्रबास गाउँपालिका उखुका लागि प्रख्यात क्षेत्र हो ।

यस्तै, वार्षिक ठूलो सङ्ख्यामा मानिसहरु टोखामा चाकु उत्पादनसम्बन्धी तालिमका लागि आउने गरेका छन् । टोखामा चाकु बनाउने तालिम लिएर देशका विभिन्न स्थानमा गएर उद्योग सञ्चालन गरी काम गर्ने गरेको टोखा परम्परागत चाकु संरक्षण समाजले जनाएको छ । हाल नेपालभर ५० देखि ६० चाकु उद्योग छन् । जसमध्ये १४ वटा टोखामा छन् । माघे सङ्क्रान्ति पर्वका अवसरमा देशभरका ६० उद्योगमा एक लाख ५० हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष्य तथा अप्रत्यक्ष्य रुपमा रोजगारी पाउने गरेको समाजका अध्यक्ष श्रेष्ठ बताउँछन् ।

टोखामा इस्वी संवत् ५१९ देखि चाकु बनाउने प्रचलन चलेको किंवदन्ती पाइन्छ । लामो समयदेखि चाकु बनाउँदै आएको टोखाको परम्परागत चाकु उद्योगलाई बचाउनका लागि विसं २०७३ कात्तिक २२ गते टोखा परम्परागत चाकु संरक्षण समाज स्थापना गरिएको थियो ।

टोखामा ५० वर्षदेखि चाकु उत्पादन गर्दै आएका राजकाजी श्रेष्ठ टोखाको चाकु नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकबाटसमेत माग आइरहेको बताउँछन् । चाकुको माग अत्यधिक भएपछि बजारसम्म पु¥याउन भ्याइनभ्याइ भएको उनको भनाइ छ । टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी टोखामा उत्पादित चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको बताउँछन् । टोखाको चाकु संरक्षणमा नगरपालिका गम्भीर भएर लागेको उनको भनाइ छ । टोखा काठमाडौँ क्षेत्र नं ५ मा पर्दछ । काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल टोखाको चाकुलाई गुणस्तरीय रुपमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारससम्म लैजानका लागि आफूले उद्योग मन्त्रालयलाई ध्यानाकर्षण गरिसकेको बताउँछन् । “टोखा चाकुका लागि प्रख्यात क्षेत्र हो, यहाँ राज्यबाटै चाकु उत्पादनको पहल गर्नसके हजारौँ व्यक्तिले रोजगारी पाउनेछन्, त्यसका लागि मैले सम्बन्धित क्षेत्रमा पहल गरिरहेको छु,” उनी भन्छन् । उनी टोखाको चाकुलाई नेपालको चक्लेट भनेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सकिने बताउँछन् ।

टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो रु एक सय ३० देखि एक सय ३५ सम्म बिक्री वितरण हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै, नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु चिसो लागेका बेला पनि खाने गरिन्छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.