Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

छपनीले हानेर वृद्धाको हत्या, बचाउन गएका दुई जना गम्भीर

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, २१
छपनीले हानेर वृद्धाको हत्या, बचाउन गएका दुई जना गम्भीर

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका ७ मा आज दिउँसो धारिलो ढुङ्गा (छपनी्) प्रहार गरेर एकको हत्या भएको छ भने दुई जना घाइते भएका छन् । छपनी प्रहार हुँदा मालिका ७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् । हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ । घाइते दुवैलाई थप उपचारका लागि दरवाङबाट हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

उनीहरुको दरवाङ प्राथमिक उपचार केन्द्रमा सामान्य उपचार गरी पोखरा पठाइएको हो । प्रियङ्काको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । घटनाको विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स